Friday, May 17, 2019

म अरुलाई देखाउन होईन....... मलाई अरुले हेरेको हेर्न चाहन्छु ।

यो आडम्वरकोखोल उघार्न चाहन्छु
रीत भित्रको रिवाज फेर्न चाहन्छु ।
म अरुलाई देखाउन होईन
मलाई अरुले हेरेको हेर्न चाहन्छु ।

तलाई सवैले छाडेर गै सक्यो भन्नेहरु पनि छन यहा“
तेरो आवाज सवैले सुन्न छाडी सक्यो भन्नेहरु पनि छन् यहा“
म अरुलाई देखाउन होईन
मलाई अरुले हेरेको हेर्न चाहन्छु ।

हो म एकनाश हिड्छु,
हो म दौडन सक्दिन
यदि कुदने मानिसहरुको मात्र बोलवाला छ भने
म सहभागी छैन त्यो भीडमा त्यो दौडमा
म अरुलाई देखाउन होईन
मलाई अरुले हेरेको हेर्न चाहन्छु ।

सुधिर भद्र
२०७६ जेठ ३