Wednesday, July 25, 2018

छोराले पठाई दिएको सेल्फी स्टिक

निधारमा पसिनाको धाराहरु थिए, कभरले सुरक्षित गरी राखिएको सामसुड्ड मोबाईलमा अनगिन्ति फोटोहरु बिभिन्न पोज पोजमा खिचिदै थिए । यसपालि टेक्सास जादा छोरा बुहारीले किनिदिएको मोबाईल र सेल्फि स्टिकको प्रशंसा गर्दा गर्दा थापाकाजी र उनको अधाड्डीनी थाकेका थिएनन् । २५वर्ष अघि सामान्य जागिरको भरमा चलेको थापा काजीको परिवारमा एउटा छोरा र छोरीको आगमनले पूर्णता पाएको थियो । 

सामान्य सरकारीको विद्यालयमा अध्ययन गरेका छोरा छोरीको भविष्यकोलागि दम्पत्तिले गरेको दुःख देख्दा बावु आमाले सन्तान प्रति निभाउनु पर्ने कर्तव्य पूर्ण रुपमा निभाएको देखिन्थ्यो । उच्च शिक्षाको अध्ययनकोलागि राजधानी हु“दै चार वर्ष अघि अमेरिका पुगेका छोरा अहिले ढुक्कैसंग उतै बसेका छन् । विद्यार्थीको रुपमा छिरेर अहिले जागीरे जीवनको रुपमा अमेरीकामा रमाउ“दै आएका छन् । काम गर्दा गर्दै माया प्रेम बसेर उतै अन्तरजातीय विवाह पनि गरी भ्याई सकेका छन् । 

शुरुका दिनमा पुग्दा उनका छोरा विद्यार्थीको रुपमा बसेका थिए । साथी भाईसंगै बसेको केही समय पछि अध्ययनका साथ साथै सानो तिनो नोकरी पनि शुरु गर्न थालेपछि छुट्टै बस्न थाले । जागिरे जीवनसाथी भए पछि झन खर्च र वचतको सन्तुलत मिलाउन समस्या भएन । उता कमाएको पैसा यता आएर मात्र धेरे हुने हो । उता खर्च गर्नलाई निकै सोच पु¥याएर गर्नु पर्ने हुन्छ । मासिक घर खर्च, गाडीको बीमा, किस्ता लगायत अन्य खर्चबाट बचेको केहि रकमबाट यसवर्षका गर्मी महिनामा उनले बुवा आमालाई अमेरिका घुमाउने योजना बनाए । 

थापाकाजीलाई काठमाण्डौ पनि राम्रोसंग परिचित थिएन । त्यसमाथि अमेरिका जानु ठूलो कुरो थियो । अचेल अनलाईलनको जमाना अनि बिद्युतिय कारोबारले सजिलो भएका छ । छोराको साथी पनि उतै फर्कने भएकोले उनीहरुलाई सजिलो भयो । उतैबाट बुक गरी दिएको टिकट लिएपछि उनीहरुको यात्रा शुरु भयो । नेपालको एयरपोर्टमा कसरी जाने कसलाई भेटने । प्लेनमा बस्दा कसरी बस्ने, खानेकुरा कसरी खाने । त्यसपछिको ट्रान्जिटमा कसरी ओर्लने, अनि अर्को प्लेनमा कसरी चढने  । आफूसंगको व्यागमा के के लानु हुन्छ, के के लानु हु“दैन त्यो सबै कुरा छोराले फोनमा पहिला नै सम्झाएका थिए । 

कतारको दोहामा ट्रान्जिट भएकोले उनीहरुले केही समय त्यहा“ पर्खनु प¥र्यो । गगनचुम्बी घर, जता ततै बत्तिकै उज्यालै उच्यालोले भरिएको देखेर उनीहरु कतार त यस्तो छ अमेरिका कस्तो होलो भनेर उत्साहित थिए । उनीहरु दुई जनामात्र भएको भए अलि गाह्रो हुने थियो । संयोगवश छोराको साथीको पनि फर्कने बेला भएकोले सजिलो भयो । अचेल उता बसेकाले आमा बावुलाई बोलाउने पर्यो भने ह्वील चियर प्रयोग गर्ने गरेका छन् । ह्वील चियरमा बस्यो अनि सहयोगीले कहा“ कहा“ जानु पर्ने त्यही लगिदिने चलन छ ।

टेक्सास एयरपोर्टमा छोरा वुहारी देखिए पछि थापाकाजीको मुहारमा उज्यालो पन अयो । जुन उज्यालो २५ वर्ष अगाडी उनले अस्पतालको वेडमा पहिलो पल्ट आफ्नो छोरोको मुहार देख्दा आएको थियो । नेपालमा हु“दा सामान्य मुस्कानमा सम्बोधन गर्ने छोराले शिर नुहु¥याएर दर्शन भेट ग¥र्यो । हामीलाई एयरपोर्टबाट गाडीमा राखेर आफू बस्ने घर तिर लिएर गयो । चिल्लो सफा बाटो, बेतोडले हुईकिरहने गाडीको भिडमा छोराले मज्जैले हाकेका थिए । यो देखेर उलने छोरालाई तलाई राम्रैसंग चलाउन आउछ बावु, विस्तारै चलाउनु है भन्दे विदेशी भुमीमा पहिलो सल्लाह दिन भ्याए ।

थापाकाजीका केटाकेटीहरु साना साना हु“दा महिनाको थोरो तिनो आम्दानदीमा सामान्य परिवार चलेको थियो । घर व्यवहारको खर्च, चा“डवाडको खर्च, पढाई खर्च जसो तसो चलिरहेको थियो । परिवारका सवै सदस्यहरुसंगै हुन्थे अफूले चाहेको बेलामा भने जसरी खर्च गर्न बचत हुदैन थियो । अहिले बुढा बुढी मात्र घरमा चाहेजती खर्च गर्न पुगेसरी पैसा छ । साथ दिने परिवारका सदस्यहरु सबै आ—आफ्नै ठाउ“उमा छन् संगै कोही पनि छैनन् । अवस्था फेरीएको छ ।

घरको पुरानो शौचालयमा पहिले पहिले प्यान राख्ने चलन थिएन । ईटा राखेर दुईवटा खुट्टा टेक्ने बनाईएको हुन्थ्यो ।सानो बेलामा छोरालाई शौचालयको प्रयोग गर्न सिकाउन थापाकाजीको दम्पतिलाई निकै गाह्रो भएको थियो । अहिले तिनै दम्पतिलाई छोराले सुविधासम्पन्न शौचालयको प्रयोगको बारेमा सिकाउ“दै थिए । यहा“ थिचे पछि तातो पानी आउ“छ, यहा“ थिचेपछि चिसो पानी आउ“छु, हात पुछ्ने कागज त्यहा“छ, साबुन लिनलाई यसरी गर्नुस भनेर सिकाउ“दा दम्पति एक अर्काको आ“खामा हेरेर छोराले बालापनमा त्यसरी नै शौचालय जान सिकाउन आफूले गरेका कसरत सम्झेर मुस्कुराउदै थिए ।

नाती भर्खर दुई महिना पुगेको छ । प्रायः विदेश बसेका छोराछोरीका आमाबावुहरु नाता नातीनी पाउने बेलामा जाने गरेको बढी मात्रामा देखिन्छ । उता वसेकाहरुलाई त्यस्तो बेलामा हाम्रो नेपाली आत्मीयता हिसावले सहयोग गर्ने मानिसहरुको कमि हुन्छ । सबै जना व्यस्त हुन्छन् । व्यस्त नभई त्यो खर्चिलो सहरमा टिक्न गाह्रो हन्छ । मानिसहरुले अरुको सहयोगकोलागि त्यत्ति सजिलो समय निकाल्न सक्दैनन् । त्यहि भएर त्यस्तो बेलामा उनीहरुले नया“ सन्तान हुनु अगाडीको दुःख । सन्तान प्राप्ती पछिको सुख बाडन आफ्ना परीवारलाई धेरै सम्झन्छन र डाक्ने गर्छन । 

विहान उठन् वित्तिकै भजन गाएर पूजा गर्नु पर्ने, ठूलो स्वरले घण्टी बजाएर भगवानलाई सुनाउनु पर्ने थापाकजीको श्रीमतीलाई त्यो नौलो सहरमा अनुमति थिएन् । छोराले पहिले नै त्यसको जानकारी गराई सकेको थिए । आमा तपाई घरमा जस्तो ठूलो स्वरले भगवानको नाम लिएर भजन गाउनु होला, यहा“ त राम्रा मान्दैनन् भनेर । छोराले गरेको अन्तरजातिय विवाहमा खुलेर सहमती पनि जनाउन नसकेका र असहमत पनि हुन सकेका थिएनन् तर बुहारीले गरको सम्मानमा भने उनीहरु सन्तुष्ट थिए । उनीहरुलाई त्यो घरमा गरीने पुजाको त्यत्ति आनन्द पनि लिन सकेक थिएनन् । 

६ महिनाको लामा बसाई पछि फर्किदा उनीहरुको मन भारी भएको थियो, छोरा बुहारी भन्दा पनि सानो नातीको बढी याद आईरहेको थियो  । ठूला ठूला घर हरु, चिल्ला चिल्ला गाडीहरु, पार्कहरुमा सयौ मानिसहरुको भीड भएतापनि उनीहरुलाई आफ्नै भिर पाखाहरुको सम्झनाले सताई रहेका थियो । पुराना घरहरुको चित्र आ“खामा आई रहेको थियो । मानिसको भिडभाडले भरिएको सार्वजनिक सवारी साधनको गन्धसंग समिप्य नभएको धेरै भईसकेको थियो । कुना काप्चामा जम्मा भएरु बस्ने फोहरको बास्ना पनि नसुधेको धेरै भई सकेको  थियो । अन्तिम विदाई दिन छोराले किनिदिएको सामसुड्ड मोबाईलमा सपरीवारको फोटो सेल्फी स्टिकबाट खिचियो अनि त्यसैलाई सामाजिक संजालमा हालियो । अहिलेसम्म त्यो सेल्फी स्टिकले बिभिन्न अवसरमा फोटो खिच्न सजिलो बनाई रहेको छ ।


सुधिर भद्र
२०७५ साउन ९ गते
sudhirhtd@yahoo.co.uk