Monday, April 23, 2018


नया“ कक्षामा नया“ कितावको बास्नामा रमाएका विद्यार्थी
कितावको पाना पल्टाउदा आउने आवाजमा रमाएका विद्यार्थी 
फोहर लाग्ला कि भनेर टकटकाई टकटकाई 
जतन गरेर राख्ने झोलाको चमकमा मन्द मुस्कान फाल्ने विद्यार्थी
देखिन्छ विद्यालयको नया“ शत्रमा । देखिन्छ विद्यालयको नया“ शत्रमा ।।

त्यहि मुस्कान खोज्न किताव पसलामा सन्तानसंगै बसेका बुवा आमाको लाईन
किताव किने पछि भोक लागेरसंगै खाएको खाजा
नया“ झोला समाई फुर्केर हिडेका हेर्नलाई
जोहो गरीएको एक दुई हजारको खर्च
देखिन्छ विद्यालयको नया“ शत्रमा । देखिन्छ विद्यालयको नया“ शत्रमा ।।

किताव सबै एकै पटक किन्न नसकेर किस्तावन्दिमा किन्नु पर्ने विद्यार्थी
मोटो कपि किन्दा बजेट नपुगी एउटा गृहकार्य गर्दा नै भरिने सानो कपि लिएका विद्यार्थी
घरमा किताव नभएर साथीसंग पैचो माग्दै गहृकार्य गर्नु पर्ने विद्यार्थी
नयाँ पोशाक नभई तीन कक्षा देखि पा“च कक्षासम्म लगाई रहनु परेको एउटै पोशाक 
देखिन्छ विद्यालयको नया“ शत्रमा । देखिन्छ विद्यालयको नया“ शत्रमा ।।

सुधिर भद्र
 २०७५ वैशाख १०
sudhirhtd@yahoo.co.uk