Thursday, February 22, 2018

स्वपन सुमन,ज्योती मगर र सरस्वती लामा


ला....ला....ला.....खोजी रहे एकान्तमा....... भन्ने आवाज गुञ्जीयो, भिडमा अकास्मत हलचल मचियो, भेला भएका सयौ युवा युवतीहरु उनको लयमा साथ दिन थाले भिडले गाएको सामुहिक आवाजमा उनको माईक्रोफोनको आवाज हरायो ।  भिडले के यो माया..... हो भनेर चिच्याउन थाले ।
सबले स्वप्न, स्वप्न.... भनेर कराई रहेका थिए । भर्खरे सम्पन्न सास्कृतिक कायृक्रममा देखिएको दृष्य थियो यो । कपाल अलि लामा पालेका २१÷२२ वर्षिय युवा स्टेजमा गीतार लिएर गाई रहेका थिए । उनले गाउनजेलसम्म युवा युवतीहरु संगसंगै गाउदै नाच्दै बसेका थिए । उनीसंगै स्टेजमा गाउन पाएका एक युवती, आफ्नो साथीलाई एकै सासमा खुशी साथ उनलाई करौडोको पुरस्कार परेको जस्ता सुनाउ“दै थिईन ।

उनको प्रस्तुती सकिएपछि उनी फर्कन खोज्दा सयौ उनका प्रशंसकमाझ घेरीए, प्रहरीलाई उनको सवारी साधनसम्म लान हम्मे हम्मे परेको थियो । उनको गाडी तिब्र गतिमा लम्कियो, प्रशंसकहरु सवारी साधन ओझेलमा नपर्दासम्म हेरी रहे । यो दृष्य देख्दा लाग्थ्यो नेपालमा पनि अब सेलब्रटी कल्चर शुरु हुन थालेछ । भारत तथा अन्य मुलुकमा जस्तो सेलिब्रटीले घरको झ्याल वा बरण्डाबाट फ्यानहरुलाई हात हल्लाउने दिन नेपालमा पनि आए जस्तो लाग्यो ।  सानो उमेरमा पनि उनको तेत्रो क्रेज देख्दा लाग्थ्यो नेपालमा पनि संगीतमा लाग्नेहरुको फ्यान फलोअरहरुले गर्व बढाई रहेको छ । 

युट्युब तिर घोतल्लिदा उनको प्रस्तुती र उनका प्रशंसकहरु उनलाई देखेर रोएको कराएको देखियो । उनले पुराना नेपाली गीतहरुलाई कभर संगको रुपमा गाएको गीतहरुपनि सुनियो । सबै गीतहरु राम्रै थिए, प्रंशसनीय नै थिए  उनको पुराना दिनहरुको दुःख व्यथा पनि सुनियो मार्मिक थियो । सायद यीनले भविष्यमा केहि गर्छन होला आशा गरौ ।

केहि समय अघि यस्तै मेला महोत्सवमा एक जनाको प्रस्तुती हेर्न पाईयो, हुन त उनको छवि लोक गायीकाको हो क्यारे तर उनको सम्पूर्ण प्रस्तुती समय भरी लोक गायीकाको आभास कहि कतै देखिएन । उही मुलाको चना, उही मुलाको सिन्की भनेर कस्सेर गीत गाउदै थिईन । कुनै बेला अत्यन्त चलेको यो लोक गीत र उक्त गीत गाउने गायीका ज्योती मगरको अहिले रुप रंग फेरीएको छ । महोत्सवहरुमा गाईदा गीतको मौलिकता माथि खेलबाड भएर अत्यन्त रिमिक्स ढंगमा गाईन थालीएको छ । गायीकाको त कुरा नगरौ, उनको गीतमा शव्दको उतार चढाव भन्दा पनि शरिरकै उतार चढाब बढी हुन्छ । उनी गाउन भन्दा उफ्रिन बढी उत्साहीत हुन्छिन । स्टेज वरीपरी युवा र अधवैशेहरु उनको यही शैलीलाई हेरेर मनोरन्जन लिई रहेका हुन्छन । 

अझ गीत संगीत भन्दा पनि बीच बीचमा गरीने सम्बाद र सुनी नसक्ने हु“दो रहिछ । परिवारसंगै छ भने त हुन्ने गाह्रो हुन्छ । अशलिलताको पनि सीमा नाध्ने गरी गरीने सम्बाद र दोहरी सुनि नसक्नु हुन्छ । 

अनलाईन समाचार तिर एउटा अर्का स्टेजका प्रस्तोताको नाम निकैआउन थालेको छ । मेला महोत्सवहरुमा गरीएको उनको प्रस्तुती हेर्दा लाग्छ उनी गीत संगीत प्रदर्शन गर्न भन्दा बढी शरिरको प्रर्दशन गर्न आएकी छिन । उनका प्रदर्शनहरुमा आफ्नो शरिर प्राय अर्धनग्न जस्तै देखिन्छ । स्टेजबाट तल झरेर गीत गाउ“दा सांगीतक तृष्णा भन्दा पनि शारिरिक तृष्णा मेटाउन केटाहरु झुम्मिएको देखियोे । उनको यस्तै कलालाई उर्तान बिभिन्न मेला महोत्सवमा आयोजकले वारम्बार सम्झने नाम हो सरस्वती लामा ।

विशेषगरी व्यापारीक मेला महोत्सवहरुमा अवलोकनकर्ताहरुलाई आकर्षित गर्न बिभिन्न सांगीतिक कार्यक्रमहरु आयोजन ागर्ने गरीन्छ । त्यस्ता महोत्सवहरुमा अहिले यी दुई नामहरु खुव आउन थालको छ । यस्ता किसिमका सांगीतीक कार्यक्रमहरुले समाजमा कस्तो सन्देश दिईरहेको होला । मेलामा बालबालिकाहरु घुमाउन ल्याउने बालवालिकाहरुले उनीहरुले बाल्ने भाषाको अर्थ सोध्यो भने कसरी दिने होला । उनीहरुले लगाएको पहिरनको विषयमा प्रश्न सोध्यो भने कसरी उत्तर दिने होला । अनि उनीहरुको प्रर्दशनमा मात्तिएर चौरबाट हल्ला गरेर सोधेको प्रश्नको अर्थ सोध्यो भने कसरी उत्तर दिने होला ।

समाजमा सामाजिक विकासको लागि स्थापित संघसंस्थाहरुले कलाकारहरु छनौट गर्दा यस विषयमा पनि सोच्ने पर्ने समय आएको छ । भीड जम्मा गर्नु लाई यस्तो प्रर्दशनीको व्यवस्था गर्नु भन्दा केही अर्को नया“पन खोज्ने हो की ? सालिन प्रदर्शनहरुले पनि दर्शकहरुलाई आकर्षित गर्न सकिन्छ । यस्ता प्रदर्शनहरुले अयोजक संघसंस्थाहरुले मेलामा यतिका धेरै अवलोकनकर्ताहरु उतार्न सफल भयो भन्ने सन्देश त दिन सफल होला । मेलाको उद्देश्य के हो, यसको लक्षित समूह कुन हो र यसले त्यसको विकासकोलागि गर्नु पर्ने के हो भन्ने विषयमा बेलैमा ध्यान दिने समय आएको छ । स्थानिय प्रशासनले पनि सोच्ने बेला आएको छ  ।

सुधिर भद्र
२०७४ फागनु १० गते
sudhirhtd@yahoo.co.uk