Tuesday, May 30, 2017

म जे छु खुशी छु ।

मैले बुझाउन सकिन वा
तिमले बुझन सकिनौ
तिमीले बुझाउन सकिन वा
मैले बुझन सकिन
बुझन बुझाउने समय विति सक्यौ
तिमी जे छौ खुशी छौ
म जे छु खुशी छु ।

भीडहरुबाट टाढा हटि
एक्लै रमाउन थालिसके
एकान्तको मौनता
प्यारो लाग्न थालि सक्यो
तिमी जे छौ खुशी छौ
म जे छु खुशी छु ।

खुशी साट्दा आउने आनन्द
अव ईतिहास भई सक्यो
दुःख वाड्दा पाउने हौसला
अव विरानो भई सक्यो
तिमी जे छौ खुशी छौ
म जे छु खुशी छु ।

सुधिर भद्र
२०७४ जेठ १६ गते
sudhirhtd@yahoo.co.uk