धेरै वर्ष पहिले चल्तिको थोक बिक्रेताको पसलमा कार्यरत अनिल शर्मा अहिले आफ्नै पसलको मालिक, घर वंगला छोरा छोरी उच्च शिक्षा आदि लगायत सम्पूर्ण सुख सुविधाले सम्पन्न भईसकेका छन् । बजारको सुक्ष्म अध्ययन गर्ने हो भने पहिले अरुका पसलमा कर्मचारीको रुपमा कार्य गर्ने केहि समय पछि आफैले पसल खोल्नेहरुको जमात बाक्लो छ । निरन्तरताको प्रश्न गर्दा सोच्नु पर्ने अवस्था आउछ । कोही सफल भएका छन् । कोही व्यवसाय शुरु गरे पनि फेरी अर्काकै पसलमा काम गर्नु पर्ने अवस्थामा आईपुगेका छन् । शुरु शुरुमा रहर, सौख वा ईश्याले गर्दा पसल खोल्छन त्यसमा पछि त्यसको निरन्तरताको ठैलो चुनौतिको सामाना गर्नु पर्छ ।
मैले पनि अनिल शर्माको उन्नती केही सुनेको र केही देखेका थिए । ठूला व्यापारीक घरानामा काम गर्ने भएकोले पसलमा आउने बिभिन्न कम्पनिका प्रतिनिधिहरुसंग राम्रो सम्बन्ध विस्तार हुन थालि सकेको थियो । बिभिन्न तह र तप्काका क्रेता तथा ठूला सामाजिक पृष्ठभूमि भएका व्यक्ति तथा व्यक्तित्वहरुसंग पनि भेटघाट हुन थाल्यो । साथ साथै बिभिन्न कार्यक्रमहरुमा पनि संगै उठबस हुन थाल्यो । सबै क्षेत्रमा अफ्नो सहज पह“ुच देखेपछि मानविय स्वभाव नै हो मलाई आफू पनि केहि गरौ भन्ने भावना आउन थाल्यो । शुरुका वर्षहरुमा चार पा“च हजारको जागिर नै मेरोे लागि ठूलो महत्व राख्थ्यो । बेलुका स्टोभमा मट्टितेल नभएर, बोरामा चामल नभएर अनि खल्तिमा पैसा नभएर भोकै सुतेका रातहरुको प्रतिवाद गर्न यो ठूलो हतियार थियो ।
मेरो नाम बिस्तारै बिस्तारै थोक बिक्रेताहरुको माझमा परिचित हुन थाल्यो । बजारमा हिड्दा पनि दुई चार जनाले हात उठाएर नमस्कार गर्ने सम्म औकात बनि सकेको थियो । समय काल संगसंगै मेरो मनमा बिभिन्न किसिमका भावनाहरु आउन थाल्यो । मेरो सा“हुजीको अधिकांश काम म आफै गर्छु । उनी अह्राउने पह्राउने काम मात्र गर्छन । मैले पनि यति सारो मानिस चिनिसके म किन आफै आफ्नो काम नगर्ने भन्ने आत्मविश्वास भनौ या अहम भनौ त्यस किसिमको सोच विकास हुन थाल्यो ।
शुरुमा साईकल यात्रा नै ठूलो मान्ने विस्तारै साहुजीको मोटरसाईकल यात्रामा मन भरिन थालेपछि आफ्नै निजी बाहन चढन उनको मन उताउलो हुन थाल्यो । म जे गरी रहेको छु त्यो मेरो व्यक्तिगत जीवन धान्नको लागि नभई मेरा साहुजीको व्यापार बढाउनको लागि मात्र हो भन्ने भावना आउन थाल्यो । दश वर्षे जागिरको अनुभव मैले अव आफ्नै काममा लगाउने निधो गरी एउटा सानो पसल खोल्ने बिचार गरे । बजारमा उपलव्धहुने सामानहरु मध्येको आधा आधाी जासो सामानको थोक बिक्रेता अनि दैनिक लाखौको व्ययापार हुने पसल छाडे । सानो १५ हजारमो मासिक भाडामा ३ लाख जतिको सामान राखेर व्यवसायको शुरुवात गरे । त्यो रकमको जोहो गर्न पनि मलाई निकै हम्मे परेको थियो । बा“उ बाजेको चिनो सानो एउटा जग्गा थियो त्यो पनि सहकारीमा धितो राखोर ऋण लिएका थिए । नपुग आफूले अलि अलि जम्मा गरेकोबाट खर्चेका थिए ।
शुरुका दिनमा त चिने जानेको बधाई खादै व्यापारको शुरुवात गर्दा म निकै मख्ख थिए । दिन बित्तदै गयो मानिसहरुको चहलपहल सुनसान हुन थाल्यो । पसलमा चिनेजानेको मानिसहरुको पनि आउने क्रम पातलिन थाल्यो । म पुरानो भए पनि शहरमा भएका धेरै पसलहरुमध्ये मेरो नया“ थियो । मलाई आफ्नो अस्तित्व जोगाउन निकै गाह्रो परिरहेको थियो । मेरो पसलभन्दा एकदुई पसल माथि लामो समय देखि त्यस्तै किसिमका व्यापार गरी रहेका अर्को पसल थियो । मेरोे पसलले खुद्रा व्यापारमा दैनिक पा“चसय हजार भन्दा बढी व्यापार गर्न सकेको थिएन ।
पुरानो पसलमा कार्यरत रहदा चिनजानको एकजना बिक्री प्रतिनिधिको सल्लाहमा मैले एउटा नया“ डिलरसिप लिने निधो गरे् । त्यसकोलागि फेरी धरौटी र अन्य रकमको खोजी गर्नु पर्ने भो । कम्पनि खासै ठूलो नभएकोले धरौटी हाल्नु नपरेपनि सामान मज्जाले उठाउने पर्ने भो । पुरानो चिनजानको आधारमा सामान बेच्न सकि हाल्छु भनेर ऋणघन गरेर रकम जम्मा गरेर फेरी सामान उठाए । अव शुरु भयो थोक व्यापार, म सामान बेच्न निकै खटिए, आफ्नो पुरानो सम्बन्धका सबै फर्मूलाहरु प्रयोग गरे । तर सबै फर्मूलाहरु सफल भएनन् । मुश्किलले आधा आधी सामान मात्र जोर तोडले बेच्न भ्याए । त्यत्तिजेन्लसम्म बेचेका पैसाहरु पनि आफ्नै दालभात र छोराछोरीको पढाईमा मासी सकेका थिए ।
समानको बा“की पैसाकोलागि उद्योगबाट तारन्तार फोन आउन थाल्यो । अव मलाई गाह्रो हुन थाल्यो, सहकारीको व्याज, उद्योगको बक्यौता रकम, घरभाडा अनि आफ्नो मासिक खर्चको तनावले रन्थनिन थाले । अनि मैले पसल खोल्ने सम्बन्धमा लिएको निर्णय गलत हो की होईन भन्नेमा बिचार विमर्श गर्न थाले । अहिले जागिर मात्र खाई रहेको भए म मा कुनै टेन्सन थिएन, महिना मर्ने बित्तिकै तलव हात परि हाल्थ्यो । धेरै नपुगे पनि आफू र आफ्नो परिवार पाल्नकोलागि कुनै समस्या थिएन । छोराछोरी लाई राम्रैसंग पढाएर राखेको थिए, स्कुल जाने बेलमा बाबा पैसा भनेर माग्न आउ“दा केहि रकम दिनसक्ने मसंग सामथ्र्य थियो । त्यो सामथ्र्यता प्रदान मलाई त्यही पसलको जागिरले नै बनाएको थियो । अहिले म स्कुल जाने बेलामा छोरा छोरीदेखि टाढा बस्ने पर्ने अवस्था छ । उनीहरुलाई केहि गर्न मनले धेरै चाहेको छ तर मैले बेलामा अफ्नो धरातल बिर्सिएर नया“ काममा हात हाल्दा केही गर्न नसक्ने भएको छु । मेरा सा“हु अह्राउने पह्राउने काम मात्र गरेका रहेनछन् उनको बोझ हाम्रो भन्दा धेरै रहेछ, उनले कसरी म भन्दा धेरै त्यत्रा ठूला ठूला ऋृणहरुको तिरोतारोको व्यवस्था मिलाएर हामलाई समेत पैसा दिन भ्याउथे होला.... धन्य मेरो साहु अनि मलाई पहिलो जागिर दिने मेरो साहुको पसल.......... ।
मैले आफू लगायत आफ्ना लालाबालाको राम्रैकोलागि नया“ कामकाु शुरुवात गरेका थिए । व्यापारको दौरानमा म सफल हुन सकिन । सबैकाम सबैले गर्न सक्ने भए समाजमा किन वर्ग सर्घषका कुराहरु आउथ्यो । समाजमा एउटा निश्चित वर्ग छ जसको आर्थिक क्रियाकलाप ठूलो छ, उनीहरुलाई साना तिनो रकम डुवे पनि कुनै चिन्ता हु“दैन । अर्को एउटा यस्तो वर्गछ छ जसलाई सय पचास रुपैया भनेको पनि ठूलो रकम हो । त्यसकारण कहिल्यैपनि कहि कतै खर्च गर्दा, नया“ काम गर्दा यद्यपी नया“ सोचको थालनि गर्दा पनि कसैले आफ्नो घरातल कहिल्यै नर्बिसिऔ ।
सुधिर भद्र
२०७२ पौष १६ गते
कगमजष्चजतम२थबजयय।अय।गप