Tuesday, November 17, 2015

राष्ट्रवादको परीक्षा

भारतले तेल बन्द ग¥यो भने साईकल चढेर काममा जान्छौ, गर्रर तालिको आवाज आउ“छ, हाम्रो पुर्खाले नालापानी पानी नखाई लडेका हौ हामीलाई ग्यास र पेट्रोल नभएर केहि छैन हामी स्वाधिनताकोलागि लड्न तयार छौ फेरी अर्कौ गर्रर तालि आउछ । अहिले हाम्रा माननीय नेताज्यूहरुको राष्ट्रवाद निकै छछल्किएर आएको छ । बिभिन्न सभा सम्मेलनहरुमा यस किसमको शव्दवाण हरु प्रहार हु“न थालेको छ । करिव महिना दिन पुग्न लागेको भारतको अघोषित नकावन्दि खुलाउने उचित प्रयास देखिएको छैन । सम्मानित पदमा आशिन व्यक्तिहरुबाट समान्य कुटनैतिक मर्यादा पनि नराखि सार्वजनिक स्थलमा भारतको विरोध गरीदै आएको छ । यसरी बोल्दा सायद उहा“हरुमा बढी राष्ट्रवादी भईन्छ भन्ने भ्रम रहेको होला । 

जुन काम हाम्रो छिमेकी मुलकबाट भई रहेको छ अवश्य पनि त्यो काम हामी स्वाभिमानी नेपालीहरु चाहे त्यो पहाडको होस चाहे हिमालको होस, चाहे तराईको होस त्यो कसैलाई स्वीकार्य हुनु नपर्ने हो । हाम्रो घरमा भएको झगडा हामी आफैले मिलाउनु सक्षम छौ र मिलाउदै आएका पनि छौ । विगतमा सानो भन्दा सानो निर्णय लिनकोलागि पनि उत्तर दक्षिण तिरको मुख हेर्ने हाम्रो परिपाटी रहेको असर नै हामीले अहिले भोगि रहेका छौ । त्यसैको परिणामस्वरुप बिभिन्न समयमा स्पष्ट हस्तक्षेपको सामाना गर्दै आईरहेका छौ । मन्दिरको सामान्य पुजारी हटाउने निर्णयमा त ठूलो बवण्डा मचाउने देशले आफ्नो विशेष दुत पठाउएर रोक्न खोजेको निर्णय पनि नरोकिदा आफ्नो रिस देखाउनु स्वभाविकै हो । संसार अहिले निकै सानो भईसकेको छ । विश्वको एक कुनाको घटना क्षण भरमै प्रत्येकको हात हातमा पुगीसकेको हुन्छ । सायद नरेन्द्र मोदीले राजीव गान्धीको बेला जस्तो सम्झेर दोश्रो पटक नकावन्दीको प्रयास गरेका होलान । समय काल फेरीएको अवस्था छ । धेरै जसो विकसित मुुलुकहरु सबैको सामु राम्रो बन्नकोलागि विश्व जगतमा कहि कसैले गल्ति गरेको छ भने त्यो सच्चायाउनकोलागि घचघचाउने परिपाटीको विकास तल्लिन छन् । यसै कारणपनि शक्तिशालि राष्ट्रहरु कमजोर राष्ट्रहरुको आन्तरिक मामलामा कुटनैतिक दाउपेचको आधारमा मात्र प्रभाव पार्न खोज्छन । सिधै प्रभाव पार्दा अन्तराष्ट्रिय रुपमा नकारात्मक असर जाने प्रति उनीहरु सजग छन् ।

हाम्रो कुरा गर्दा हामी घर झगडा मिलाउनकोलागि अत्यन्त अमानविय कार्य गर्दै छौ । सामान्य उदाहरणको रुपमा मेरो घरमा दाजु भाईको झगडा भयो भने म मेरो घरमा आउने पानीको लाईन काटेर दाई संग झगडा गर्ने वा बत्तिको लाईन काटेर म दाजुसंग लापा खेल्ने यो कत्ति सम्म न्यायोचित हुन्छ । मेरा दाजुको छोराछोरी साना छन उनीहरुलाई बत्ति पानी भनेको अत्यावश्यक हुन, सामान्य मानविय सोच पनि नराखेर मैले मेरो दाजुको साख गिराउन बत्ति पानी नै बन्द गर्नु कत्ति सान्दर्भिक होला । मधेशका अन्दोलन पनि लामो समय देखि चलिरहेको छ । समय समयमा वार्ता पनि भई रहेको छ । तर निकास आउन सकेको छैन । निकास आएन भन्दैमा अत्यावश्यक बस्तुको आपूर्तिमा नै अवरोध सृजना गर्नु अत्यन्त अमानविय कार्य हो । उदण्ड भिडले शहरमा विध्वशं सृजना गर्न थालेपनि सुरक्षाको जिम्मेवारी पाएका सरोकारवाला निकायले बल प्रयोग गर्नु स्वभाविकै हो । तर यसमा सरकार पक्ष्ँबाट पनि संयमता अपनाएर बल प्रयोग गर्नु आवश्यक छ । 

सरकार पक्ष अहिले बनाएको संविधान विश्वमा नै उत्तकृष्ठ छ भन्ने गरेका छ । मधेशमा आन्दोलनरत दलहरुले हाम्रो भावना र माग संवोधन भएन भन्ने पक्षमा छन् । विद्यमान तीन ठूला दलका आ—आफ्ना मधेशी, दलित जनजाति सभासदहरु छन् । उनीहरुलाई यदी यो संविधानले मधेशी, दलित, जनजातिको भावना समेटेको छ जस्तो लागेको भए उनीहरुले खुलेर आ—आफ्नो क्ष्ँेत्रमा गएर त्यसको वकालत गर्न किन सकिरहेका छैनन् । संविधान सभामा प्रतिनिधित्वको हिसाव गर्ने हो भनै हाल आन्दोलनरत दलहरुको जनमत ठूला दलहरुको तुलनामा निकै कम रहेको छ । त्यो भन्दा बढी तिन ठूला दलका मधेशी, दलित, जनजाति सभासदहरु छन् । यसो हु“दा हु“दै पनि बेलैमा ठूला दलका सभासदहरु तराईमा गएर किन संविधानले हामी सबैको भावना समेटिएको छ भन्ने कुरा तराईका जनतालाई बुझाउन सकेनन त । यदि वास्तवमा नै यो संविधानले सबैको भावना समेटेको मधेशवाशीलाई विश्वास दिलाउन सकेको भए आन्दोलनले यो रुप लिदैन थियो कि । सानो रुपमा उठेको आन्दोलन मानविय क्ष्ँत्तिसंगसंगै तराईमा विशाल रुप लिन गयो । ठूला दलले समयमा नै आफना् तराईका सभासदहरुलाई आन्दोलनरत क्ष्ँेत्रमा पु¥याएर संविधानको व्यख्या गर्न सकेको भए अहिले अवस्था सृजना हदैन थियो होला ।

आन्दोलन कहिल्यैपनि शान्तिपूर्ण हुदैन । परिवारको दुईचार जना सदस्यको क्रियाकलाप नियन्त्रणमा लिनकोलागि त घरको अभिभावकलाई हम्मे हम्मे पर्दछ । हजारौ हजारौ कार्यकर्ता जव मैदानमा उत्रिसके पछि उनीहरुको क्रियाकलाप नियन्त्रण गर्नु निकै कठिन हुन्छ । त्यहि कारण कैलाली घटना देखि महोत्तरी घटनासम्म घटेको छ । राज्य पक्ष्ँ पनि त्यसैको प्रतिकार हो वा शान्ति सुव्यवस्थाको नाममा ४ दर्जन भन्दा बढीको मृत्युको जिम्मेवार भई सकेको छ । चाहे त्यो ४६ सालको आन्दोल होस चो त्यो ६२÷६३ को आन्दोलन होस त्यस बेलाको आन्दोलनको भिडको नेतृत्व गर्दा अहिंसात्मक बनाउन जतिनै प्रयास गरे पनि सफल भएका छैनन । आन्दोलन जति पुरानो हु“दै गयो अपराधिक मानसिकतामा मानिसहरुले खेल्ने मौका पाउन थाल्छन । बेला बेलामा त्यस किसिमका आपराधिक घटनाहरु पनि बाहिर आउन थालिसकेको छन् । आन्दोलनकै बलमा कालाबजारीहरु सक्रिय भई सकेका छन, पेट्रोलियम पर्दाथ तस्करीको नाममा मानिसहरुलाई अमानविय यातना दिने कार्यहरु भईरहेका छन ।  


मधेश आन्दोलमा उठाईएका केहि विषयहरु मध्ये सञ्चार माध्ययममा आए अनुसार केहि सान्दर्भिक होलान केहि नहोलान । सान्दर्भिक देखिएका र तुरुन्त सुधार गर्न सकिने विषयहरुमा तुरुन्त निर्णय गरीनु पर्दछ । असान्दर्भिक मागहरुमा आन्दोलनकारीहरु पनि केहि लचक हुन आवश्यक छ । लामो समयदेखि चलेको आन्दोलनको कारण मुलकमा खाना पकाउनकोलागि ग्यास, सवारी साधनकोलागि ईन्धन,  विरामीकोलागि अत्यावश्यक औषधिको अभाव छ । स्पष्ट रुपमा भन्नुपर्दा मुलुक डरलाग्दो मानविय संकट तर्फ उन्मुख हु“दै छ । हामी सिरिया र यमनको बाटोतर्फ धेकिलिदै छ । यसको जिम्मेवारी सबै दलका शिर्ष नेताहरुले लिनु पर्दछ । हामी सबैले राष्टवादको परीक्षा दिने बेला भएको छ । भाषणमा मिठो राष्ट्रवादी कुरा गर्नु भन्दा राष्ट्र र राष्ट्रियताकोलागि सबैले निर्णायत्मक कार्य गरी राष्ट्रवादको परीक्षा दिन आवश्यक छ । 

सुधिर भद्र
२०७२ कार्तिक ३० गते
sudhirhtd@yahoo.co.uk