Tuesday, September 30, 2014

दवावमा हुने ठगी

केहि समय अगाडी तेल चोरीको आरोपमा ट्रयाड्डकर व्यवसायी लगायत तेल व्यापारमा राम्रो पकड रहेका पश्चिम क्षेत्रका केहि व्यवसायीहरु पक्राउ परे केहि फरार छन् । त्यस काण्डमा मुछिएका व्यवसायीहरुलाई सफाई दिलाउनकालागि सम्बन्धित संघ संस्थाहरु निकै खुलेर नै लागे । बिभिन्न क्षेत्रमा दवाव दिनकोलागि उनीहरु डेलिगेशन नै गए । त्यो घटनाको स्पष्ट कारवाही अहिलेसम्म सुन्न सकिएको छैन ।
 
काठमाण्डौमा एक सुन व्यवसायी पनि सुनको नाप तौलमा केहि गडवडी देखिएपछि समातिए । त्यसको विरोधमा सबै व्यवसायीहरुले आ—आफ्नो व्यवसाय बन्द गरेर त्यसको विरोध गरे । यस काण्डमा उनलाई कति कारवाही भयो वा भएन कुने पत्र पत्रिकामा आएको छैन । भर्खरै मात्र फेरी काठमाण्डौको विशालवजारमा तयारी पोशाकहरुको अनुगमन गर्न पुगेका सरकारी अधिकारीहरुले पनि त्यस्ते विरोधको सामाना गर्नु प¥यो । किनेर ल्याएको विल र बेचेको विलमा देखिएको अन्तरको आधारमा कारवाहीकोलागि विशाल वजार पुगेका सरकारी अधिकारीहरु त्यस क्षेत्रका समग्र व्यसायीहरुको विरोध पछि त्यत्तिकै फर्केर आउनु प¥र्यो ।
 
मुलुकमा यस किसिमको दवावमा कारवाही रोकिने प्रक्रिएका एक पछि अर्को गरी थपिदै आएको छ । एउटा घटनाले अर्को घटनालाई प्रोत्साहन दिन थप नजिरको काम गर्दै आईरहेको छ । सरकारी अनुगमन व्यवसायीहरुको पुग्यो केहि गल्ती भेट्टायो भने त्यसको केहि समयमा ठूलो दल वल सहितको डेलिगेशन स्थानिय प्रशासनमा पुग्ने, सकेसम्म एकपटकलाई माफ दिने, यदि सम्भव भएन भने सानो भन्दा सानो कारवाही गर्ने परिपाटिको विकास भएके छ । 
 
विशेषगरी चा“डवाडको वेलामा बढि चलखेल हुने भएकोले अनुगमनको प्रयास गरीन्छ तर हालसम्मको अनुगमनको प्रयास त्यत्ति सफल भएको कसैले पाएको छैन । बजारको एक कुनामा अनुगमन शुरु भएको थाहा पाएपछि त्यसको हल्ल समग्र वजारका फैलिने भएकोले यदि त्यस्ता कुनै गल्ति कमजोरी छन भने व्यवसायीहले अनुगमनको समयकोलागि मात्र सच्चाउने गरेको देखिएकोछ ।
 
अनुगमनको नाममा स्थानि प्रशासनको तदकारुकताको त कमि देखिएको नै छ । त्यसमाथि उपभोक्तावादी संघसंस्थाहरुको भूमिका पनि त्यत्ति प्रभावकारी पाईएको छैन । उनीहरुले समग्र क्षेत्रका देखिएको कमि कमजोरीहरुको बारेमा सम्बन्धित संघसंस्थाहरुलाई सचेत गराउनु पर्ने हो । यदि कमजोरी भेटाईएकोछ भने त्यो नदोह¥याउन सर्तक गराउनु पर्ने हो । सरकारी टोलीको संगसंगै पछि लागेर हिडेर मात्र उपभोक्तावादी संघसंस्थाको दायित्व निर्वाह हुदैन ।
 
प्रत्येक वर्षको दशैमा देखिने एउटा समस्या टाटा सुमोका भाडाको समस्या हो । यसमा गत वर्ष स्थानिय प्रशासनले अलि कडा गर्न खोजेको थियो केहि हदसम्म सफल भएता पनि पूर्ण रुपमा सफल हुन सकेन । यस वर्ष पनि सुमो व्यवसायीहरु आफै सक्रिय भएर भाडा समायोजन गर्न छलफल गरेका थिए तर त्यो सफल भएन । त्यसपछि काठमाण्डौबाट हेटौडाको एकतर्फि भाडा बढ्यो । प्रशासनले आफ्नो उपस्थिति देखाउन बल्खुका केहि काउण्टरहरुमा छापा मा¥यो त्यसको विरोधमा सुमो व्यवसायीहरुले सुमो बन्द ग¥यो । प्रशासन फेरी लचिलो भयो अधोशित रुपमा अहिले काठमाण्डौबाट हेटौडा आउन यात्रीहरुले केहि बढी पैसा तिर्नु पर्दछ । सुमो व्यवसायीहरुका अनुसार हेटौडाबाट काठमाण्डौ जा“दा यात्रु नपाईने हुनाले यताको खर्च उठाउन उताबाट पैसा अलि महंगो गरिएको भनिएको छ । दशैंको बेलमा सना देखि ठूला सबै गाडीहरुम काठमाण्डौ जाने यात्रुको कमि हुन्छ यसरी सबै यातायातले आ—आफ्नो किसिमले भाडा बृद्धि गर्न थालेपछि त्यसको मार कसले व्यहोर्ने हो ।
स्थानिय प्रशासनलाई ताकोता गर्न उपभोक्तावादी संघसंस्थाहरु यो समस्यामा त्यत्ति सक्रिए भएको पाईएको छैन । समयमा नै झक झकाउने कार्य गर्नु पर्ने संस्थाहरु व्यवसायीक संघसंस्थाहरुको अगाडी निरही देखिएका छन् । सुमो व्यवसायीहरुको पनि आ—आफ्नो समस्या होलान त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयका सम्बन्धित व्यवसयी र स्थानीय सरोकारवालाहरुको बिच छलफल हुन आवश्यक छ । हिजो आज जो कोहि काठमाण्डौबाट हेटौडाकोलागि सुमोमा यात्रा गरी रहेका हुन्छन उनीहरुले सामूहिक स्वरमा सुमो व्यवसायीहरुको विरोध गरी रहेका छन् । एकतर्फि भाडा बढाएर मात्र समस्याको सामाधान हु“दैन । हेटौडाबाट काठमाण्डौ जा“दा यात्रीहरु पाईदैन भने राज्यले त्यो रुटमा के के छुट दिन सकिन्छ त्यसमा सोच्ने हो की ? जसबाट व्यवसायीहरुलाई र यात्रीहरुलाई कुनै पनि किसिमको अतिरिक्त व्यय भार नपरोस । यसले सुमो व्यवसायी र यात्रीहरु बीचको सम्बन्ध अझ विश्वासीलो र भरपर्दो हुन्छ ।
 
चा“डावाडको शुरुवात संगसंगै साना पान व्यवसायीहरुदेखि ठूला व्यवासायीहरुसम्मले पनि मुल्य बृद्धि गर्ने गरेका पाईएको छ । दशैको टिकाको दिन पान लिन गयो भने साना पान व्यवसायीहरुले समेत त्यसको मुल्य अर्कै तोकेका हुन्छन । ठूला व्यवसायीहरुको त कुरै नगरौ उनीहरुको दशै व्यापार नौरथा लाग्न केहि समय अगाडी देखि शुरु हुन्छ । त्यसमा हुने ठगी उपभोक्तामा निर्भर गर्दछ । सचेत उपभोक्ता कम ठगीमा पर्दछन भने अन्य उपभोक्ताहरु ठूलो ठगीको मारमा पर्न सक्छन ।
 
सरकारी टिभी र पत्र पत्रिकामा वाणिज्य विभागका महानिर्देशक मकवानपुर जिल्लावासी नारायण प्रसाद विडारी खुव देखिन थालेका छन् । उनले कहि कतै बाट कसैले ठगी गरेको पाईएमा, हामी तुरुन्त कारवाही गर्छौ,  हामीलाई सम्पर्क गर्नु होला भनेर सार्वजनिक रुपमा नै फोन नम्बरहरु टिपाएका छन् । सायद विशालवजारको टोलीमा उनी पनि दिए क्यार, हेरौ उनको अभिवयत्तिलाई मुर्त रुप दिन दवावमा गरीने ठगीले सफल हुन दिन्छन कि दिदैनन् । 

सुधिर भद्र
sudhirhtd@yahoo.co.uk
२०७१ आश्विन १३ गते