Wednesday, January 29, 2014

जेट एयरमा आईओएमको लागो

त्रिभवुन विमानस्थालको बोर्डिड्ड पास लिने क्रममा सबैभन्दा लामो लाईन बैदेशिक रोजगारको थियो । बैदेशिक रोजगारको लाईन लामो हुने भएको हुनाले अन्य कारणले विदेश भ्रमण गर्नेहरुकोलागि छुट्टै लाईनको बन्दोबस्त गरिएको थियो । काठमाण्डौबाट हैदराबादको टिकट आयोजकबाट मिलाईएको जेट एयरको थियो । डिस्प्ले बोर्डमा जेट एयरको सूचना हेर्दै विमानस्थलको वेटिड्ड एरियामा यता उता नजर घुमाउदै समय कटाई रहेको थिए । केहि विदेशीहरु मोटा मोटा उपन्यासमा घोतल्लि रहेका थिए । विदेशमा बस्ने नेपालीहरु नोट प्याड र स्मार्ट फोनमा औलाहरु नचाईरहेका थिए ।
बेल्ट देखि जुत्ता सम्म खोलेर सुरक्षा चक्र पार गर्ने लामो ताति थियो । सुरक्षाकर्मीहरु सबैलाई सम्झाउन व्यस्त थिए । त्यहि समूहमा लावा लस्कर सहित दशैको छुट्टीमा घर जाना लागेको जस्तो एक झुण्ड पनि थियो । उनीहरुले लगाएको लुगामा सबैले टाढाबाट सजिलै चिन्न सकिने गरी आईओएमको लोगो भएको स्टिकर टासिएको थियो । त्यो स्टिकर देख्ने बित्तिकै मलाई यीनिहरु भुटानी शरनार्थीहरु हुन भन्ने लागि सकेको थियो । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी जिम्मेवारी सम्हालेको संस्था आईओएमले यीनीहरुलाई अमेरिका लान लागेको होला भन्ने ठानेको थियो । त्यो समूहमा १ वर्ष काखे बच्चादेखि ७० वर्षको बृद्धसम्मको सहभागीता थियो ।
डिसप्लेमा जेट एअर आई सकेको जानकारी पाएपछि बस चढेर प्लेनसम्म पुग्नकोलागि विमानका कर्मचारीहरुको निर्देशनलाई हामी यात्रुहरु पर्खेर बसेका थियौ । केहि समयपछि आएको निर्देशनलाई पालना गर्दै पुनः सुरक्षा जा“च पार गर्दै बिमानको विजनेश क्लासको सीटलाई छिचोल्दै ईकोनोमिक क्लासको सिटमा बसियो । म संगै उही आईओएमका स्टिकरधारी युवा बस्न आईपुगे । करिव ३ सय जनाको क्षमता रहेको विमानमा आधासरी आईओएमका स्टिकरघारी थिए ।
मसंगै रहेको युवाको नाम गोपाल भण्डारी रहेछ । उनी भूटानी शरणार्थी भएको पक्का भएपछि मैले उनलाई सोधे शरणार्थी सुविधा अन्तर्गत अमेरिका जान लागेको हो । उनले मेरो जिज्ञाशालाई मेटाउदै उत्तर दिए अमेरिका हैन क्यानडा जान लागेको । यसमा आधासरी अमेरिका जान्छन र आधासरी क्यानडा उनले अझ प्रष्ट्याए । घुलोले कालो बनाएको खुट्टामा लगाईएको साधारण चप्पल, जाडो छल्नको लागि लगाईएको एकसरो कपडामा नौलो संस्कृतिले भरिएको क्यानडामा कसरी ती युवा बस्न सक्छन होला जस्तो मेरो मनमा लागि रहेको थियो ।
शरणार्थी सम्बन्धी धेरै कुरा सुनेको र पहिलोपटक आ“खाकै सामुन्ने पाए पछि उनीहरुको विगत जान्ने उत्सुकताले मैले सोधे, कति भो यता आको उनले पूर्वेलीलवजमा भने म सानौ थे, बाउहरुले काखमा बोकेर ल्याएका रे । मैले उनको क्यानडा यात्राको बारेमा जान्न खोजे उता गएर टिकिन्छ त ? खै अलि अलि तालिम दिएको छ । दिल्लिमा अर्को मान्छे लिन आएछ रे अनि अमेरिका जानेलाई अर्कै प्लेनमा हाल्दिन्छ रे हामी क्यानडा जानेलाई अर्कै प्लेनमा हाल्दिन्छ रे । त्यहा“ गए पछि केहि न केहि गरीन्छ होला नी दाजु भन्दे अर्को साईडमा रहेका उनका बहिनीलाई हेरेर मुस्कुराए । बहिनी अलि डराएको अनुहारमा दाईको आड भरोसामा केहि नबोली सीटमा बसिरहेकी थिईन ।
हवाईजहाजको सीट अधिल्तिर सानो स्क्रीन राखिएको थियो । गेम, गीत र फिल्म हरेर लामो यात्राको थकान मेटाउने उद्देश्यले उक्त सामान राखिएको थियो । यात्राको केहि समय पश्चात जाने बुझेकाले त्यो सामानको उपयोग गर्न थालेपछि मसंगै रहेका गोपालले पनि बिस्तारै सिके अनि आफ्ना साथीहरुलाई सिकाउन थाले । दाल, भात र तरकारीमा हुर्केका हामीहरुलाई एअरहोस्टेजले ल्याएको खानेकुराहरु सजिलै स्वीकार्य हुदैन थियो । त्यसमाथि ६० काटेका बुढाबुढीहरुल त्यो कसरी स्वीकारे होला । सीटमा राखिएको फोल्डिड्ड टेबल खोलेर सबैलाई सिकाउन परेपछि एयर होस्टेजको कम्पारा तातेको थियो ।
तीनसय जना यात्रु अनि दुईवटा शौचालय त्यसै पनि भिडभाड हुने शौचालय थियो । शौचालयमा बच्चा बुच्चि र बुढापाकाको भिडभाड थियो । कमोडमा शौच गर्ने अभ्यास नभएर होला फोहरहरु असरल्ल छरिएका थिए । एअर होस्टेजहरु कृतिम हासो निकाल्दै उनीहरुलाई सम्झाउन कोशिश गर्दै थिए ।
काठमाण्डौबाट करिव सवा दुई घण्टाको उडान पछि हवाई जहाज दिल्लीको ईन्दिरागान्धी अन्तराष्ट्रिय विमान स्थलमा अवतरण ग¥यो । यसको विशाल भौतिक संरचनामा हाम्रो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कल्पना पनि गर्न सकिदैन । अत्याधुनिक र विश्वका अन्य विकसित देशका विमानस्थलको प्रतिस्पर्धामा आउने यो धेरै नै राम्रो छ । आन्तरिक देखि अन्तराष्ट्रिय उडानको चाप रहेको यो विमानस्थल निकै शान्त थियो । हिडन नसक्नेहरुकोलागि लामो ट्रलिहरु विमानस्थलको वारपार चलिरहेको थियो  । मेरो लगेज लिनको लागि अफूनै डिस्प्ले बोर्डका संकेतहरु ह्ेर्दै भ्याई नभ्याई भईरहेको थियो । मलाई आफ्नो भन्दापनि मसंगै बसेका गोपाल भण्डारी लगायत उनीहरुको टीमको चिन्ता थियो । उनीहरुको बीचमा रहेको काखे बच्चाको चिन्ता थियो । लठीको साहाराले हिडने बुढाबुढी त्यो वातानुकुलित ट्रमिनलमा हराउने चिन्ता थियो ।
लगेज लिनको हस्याड्ड फस्याड्डमा दिल्लीको एक घण्टाको ट्रान्जिट समय हराई सकेको थियो । त्यस पछि फेरी एक घण्टाको हैदरावाद उडानको तयारीकोलागि फेरी डिस्प्ले बोर्ड हेर्दै जेट एयरवेजको काउन्टर नं. ३१  ए अगाडी आएर बसियो । कुराई उही, बसाई उही तर त्यहा“को वातावरण फरक थियो, त्यहा“को संरचना र सुविधा फरक थियो । हामी जस्तो एशीयन मुहार भएकालाई नेपालबाट आएका भनेर कमैले पत्तो पाउने रहिछ । उनीहरुकै दार्जलिड्ड, आसाम, कोलकतातिरबाट आएका होलान भनेर धेरैले ठान्दो रहिछ ।
दिल्लीको एरपोर्टमा माईग्रेशन शाखामा एउटा मंगोलिएन अनुहारको युवती हाम्रो पासपोर्ट हेर्दै थिईन । यहा“ नेपाली काम गर्दो रहिछ भनेर खुशी हुंदै उनैसंग काम लिन जान खोज्दा आफ्नो अनुहारै नहेरी हिन्दीबाट वार्तालाप शुरु गर्दा कता कता मलाई अप्ठ्यारो महशुस भएको थियो । विशाल हैदरावाद शहरमा हराउदा फाट्ट फुट्ट नेपाली अनुहारह भेटिन्थे तर कसैसंग दोहरो सम्बाद भएन । आयोजकले व्यवस्था गरेको विश्राम गृहमा पनि एउटा नेपाली मुलको जस्तो देखिएर केहि शव्द साटसाट गर्न खोज्दा हिन्दीबाट उत्तर आयो हम तो सिलोड्डी है । रेडियो सिलोड्डमा नेपाली भाषाको कार्यक्रम निकै सुनेका हुनाले मलाई उनीहरुलाई नेपाली भाषा आउ“दैन भन्नेमा कुनै शंका थिएन तर उनीहरुले किन नेपाली भाषा बोलेन भन्ने जिज्ञाशा मात्र मेरो मनमा रह्यो ।
१५ दिने हैदरावदा बसाईमा प्रमुख पर्यटकिय क्षेत्रहरु गोलोकोण्डा फोर्ट, रामुजी फिल्म सिटी, प्रसाद ईन्टरटन्टमेन्ट हाउस, जुलोजिकल पार्क, स्नो वल्र्ड लगायतका सबै क्षेत्र घुमि सकेपछि केहि सपिड्ड मल र त्यहा“को प्रख्यात सिकन्दरावादको प्याराडाईज रेस्टुरेन्टको विरयानी पनि खाईयो । बेला बेलामा भईरहने आतकंवादी हमलाले होला सपिड्ड सेन्टरदेखि रेस्टुृरेन्टसम्म सुरक्षा जा“च निकै कडा थियो । प्याराडाईजमा विरयानी खादा हामी बसेका ठा“उमा मात्र पा“चसय भन्दा बढीले विरयानी खाईरहेका थिए त्यस भन्दा माथिल्लो तल्ला र तल्लो तल्लामा पनि त्यत्किै भिड थियो तर त्यत्तितको भिडमा पानि पाहुनाहरुको सहि व्यवस्थापन गरिएको थियो त्यो अवश्यपनि प्रशंसनिय छ ।
विश्वव्यापिकरण र संचारको विकासले होला सायद त्यहा“को भवन निर्माणको संरचना र हाम्रो भवन निर्माणको संरचनामा समानता देखियो फरक ठूलो र सानोको मात्र भेटियो । त्यहा“ देखिने भवनको नाप नक्सा र डिजईन र हाम्रो डिजाईनको समानताको कारण भवनको विकासमा भने हामीले पनि फड्को मारेको हो कि भन्ने मनमा अलि अलि सन्तोष आउछ । ठूला ठूला भवनको सुरक्षामा खटिएका सूरक्षाकर्मीहरु पा“चमा एक नेपाली भेटिन्थै कसैले खुलेर आफ्नो नाम ठेगना भन्दे भने कसैले हिन्दीमा नै कुरा गरेर आफू असाम र मणिपुरको भएको भनेर ढाटथे । त्यो देख्दा आफैलाई अचम्म लाग्थ्यो किन उनीहरु आफ्नै दाजुभाईलाई नक्कली नामले परिचय दिईरहेका होलान जस्तो लाग्थ्यो । जतिसुकै लामो बसाई बसे पनि, जति धेरै ठाउमा घुमेपनि नेपालीहरु कताछन होला भनेर हेर्दा सुरक्षागार्ड र भान्छा सफा गर्ने तिर आ“खा घुमाउ“दा एउटा न एउटा पक्के भेटिन्थ्यो । कुनैबेला त्यो निकै सहज लाग्थ्यो भने कुनै बेला त्यो निकै असहज हुन्थ्यो ।
सुधिर भद्र
sudhirthd@yahoo.co.uk
२०७० माघ १२ गते