Friday, April 26, 2013

डेमोक्रेटिक कि अटोक्रेटिक


अध्यक्षका उम्मेदवार ४ जना त्यसैगरी सचिव, सह  सचिव लगायत अन्य पदका उम्मेदवारहरुको आधिकारीक नाम उदघोष गरियो । निर्वाचन गर्ने आधिकारीक रुपमा जिम्मेवारी पाएका प्रतिनिधिहरुले नामावली फिर्ता लिन कोही ईच्छुक हुनु हुन्छ भने जानकारी गराउन पनि अनुरोध गरे । स्थापनाकालदेखि सक्रिय रुपमा सहभागीता जनाउदै आएका संगसंगै भर्खरै संलग्नता देखाउन लाएकाहरु संस्थाको कार्यसमितिमा उपस्थिति देखाउन चाहन्थे । सायद त्यहि भएर होला उम्मेदवारी फिर्ता लिनेको नाम उच्चारण भएन ।
सानो संस्था त्यसमा पनि सदस्यता खासै बिस्तार नभएकोले उपस्थित सम्पूर्ण सदस्यहरु निर्वाचनको भन्दा सहमतिको विकल्पलाई नै उत्तम मान्ने पक्ष्ँमा थिए । सहमतिकालागि कसरत शुरु हुन थाल्यो । जिम्मेवारी पाएका मध्ये भर्खरै निर्वतनमान हुन लागेकाले संस्थाको प्रमुख अध्यक्ष्ँको पद हो, पहिला सो पदमा सहमति जुटाउन प्रयास गर्नु पर्छ,  त्यसकोलागि हाल उम्मेदवारी दिएकाहरु मध्येबाट कसैले त्याग गर्न तयार हुनु हुन्छ भन्ने प्रश्न राख्नु भयो । सहभागीहरुबाट मौन समर्थन आयो । उनी लगायत केहि सहयोगीहरु सहित अध्यक्ष्ँका उम्मेदवार सहमितकोलागि वार्ताकोलागि भिन्न ठांउमा बसे । केहि समयको छलफल पश्चात सदस्यहरुको अनुमोदनको लािग एउटा सूचि लिएर
आए ।
सूचिमा उल्लेख नामहरु उच्चारण गरीन थालियो । उम्मेदवारी दिएकाहरुको नाम कसैको सोही पदमा त कसैको तलमाथि भएर उच्चारण गरियो । कतिलाई त्यो चित्त बुझयो कसैलाई चित्त बझेन । खास खुुस कुरा शुरु हुन थाल्यो । त्यसै मध्येका एकजना उम्मेदवारले आफूले पदाधिकारीमा उम्मेदवारी दिएको तर आफूुसंग एक वचन पनि नसोधेर सदस्यमा राखेको प्रति असहमति प्रकट गरे । उनका केहि सहकर्मीहरुले पनि उनको कुरमा समर्थन गर्दै निर्वाचन मण्डली तर्फ औला उठाउन थाले । त्यसमा लामो वार्तालाप भयो । आ—आफ्नो योगदानको चर्चा भयो । आफूले पाउनु पर्ने कारणहरुको बारेमा लामो व्याख्या गरियो । अन्ततः सहमतिमा नै सम्पूर्ण पदाधिकारीको चयन भयो । लोकतन्त्र दिवको अवसरमा मकवानपुरमा क्रियाशिल संस्थाहरु मध्ये एक मा देखिएको प्रजातान्त्रिक अभ्यास थियो यो ।
निर्वाचन मण्डलीले ल्याएको नामावली लामो कसरत र समावेशी रुपमा ल्याउन प्रयास गरेको दावि गरिएको थियो । जुन केहि हदसम्म साचो पनि देखिन्छ । सानो संस्थामा सकेसम्म निर्वाचनको अवस्था ल्याउन दिन पनि हु“दैन । अध्यक्षका उम्मेदवारहरुले देखाएको त्यागलाई पनि सम्मान गर्नु पर्ने थियो । पदाधिकारीमा उम्मेदावरी दिएका एकजाना मित्रको नाम सदस्यमा आए पछि उनको फरक मत पनि एकदम उचित र सान्दर्भिक थियो । उनले संस्थामा देखाएको योगदानको पनि सम्मान गर्नु पर्ने आवश्यकता थियो ।
विगतमा पनि कार्य समितिको सदस्य पदमा रहि कार्य गर्दै आएको र यस पटक उनले पादाधिकारीको जिम्मेवारी सम्हाल्न ईच्छा प्रकट गरेका थिए । उनको कुरा सुन्दा उनी केन्दिय तहका पाहुनाहरुसंग त्यत्ति खुशी थिएनन् । उनलाई सहमतिको सूचि लोकतान्त्रिक संस्थामा गरिएको एकतन्त्रिक प्रयास जस्तो लागेछ । अनुभवि र आफू भन्दा दिग्गजहरुको भिडमा पनि उनले आफ्नो कुरा स्पष्टसंग राखेको देख्दा उनी निकै हठि स्वभावका देखिन्थे । सायद उनको स्थानमा अरु कोही भएको भए पनि यहि हठि पन दोह¥याउथे होला ।
उनको क्रोधको साक्ष्ँीको रुपमा एक घण्टासम्म सहभाका सहभागीहरु सबै रहे । सहमतिको प्रयासमा उनलाई आफूमाथि अन्याय भएको भन्ने परिभाषित गर्न उनी प्रयास गर्दै थिए । निर्वाचन मण्डलीले पद हेरफेर गर्नु भन्दा अघि एकपटक नसोधिएकोमा आत्माआलोचना ग¥यो । त्यसले उनलाई अलि सन्चो भयो । आफूले उम्मेदवारी दिएको पदको दावीमा भने उ निरन्तरता दिंदै थिए । आफ्ना कारणले सानो संस्थामा निर्वाचनको प्रक्रिया ल्याउन चाहदैन थिए । उनको मनको कुनामा आफूले उम्मेदावरी दिएको पदमा प्रस्तावित नाम वा अन्य कुनै हेरफेर गरी पदाधिकारीमा आउने चाहना थियो ।
उनकै कारणले प्रक्रियाले लामो समय लिन थालेपछि सहमितकोलागि निकै दवाव आउन थाल्यो । अन्ततः उनी पदाधिकारीमा नरही कार्यसमितिको सदस्य पदमा नै रही संस्थाको कामलाई निरन्तरता दिने निर्णयमा पुगे । प्रत्रिया लामो भए पनि उनले उठान गर्न खोजेको विषय अहिले धेरै संघसंस्थाहरुमा उठान गर्न आवश्यक देखि सकिएको छ । जुनैपनि सामाजिक संस्थाहरुमा समिति बोलवालाहरुको होल्डमा संस्था रहने एक किसिमको रोग हुन्छ । शक्तिमा भएका सिमित व्यक्तिहरु निर्वाचनमा हावि हुन पुरानो रोग हो । सिमित व्यक्तिहरुले नै सम्पूर्ण संस्था नियन्त्रणमा लिएको देखिन्छ । देखाउनकोलागि डेमोक्रेटिक अभ्यासको रुपमा चुनावको चर्चा गरेपनि त्यहा“ अदृश्य रुपमा अटोक्रेटिक परिपाटीको विकास भईरहेको छ । जसले त्यस्ता संस्थालाई कता डो¥याउने हो थाहा छैन ।  

सुधिर भद्र
२०७० वैशाख ११ गते , राती १०ः१५ वजे