Monday, July 30, 2012

भय रहित सिकाई


मामा आज पिन्टु भाईले पिटाई खायो !!  ११ वर्षकी भान्जिले कराउदै भाईको कुरा सुनाउदै थियो । उनीहरु पढने स्कुलमा पढन र पढाउनकोलागि प्रयोग हुने एउटै तत्व थियो लठी । उनीहरु मध्ये होमवर्क नगर्ने ले पनि पाउने सजाय लठी नै थियो । गल्ति काम गरेकोले पाउने सजाय पनि लठि नै थियो । शिक्षकहरुलाई बिद्यार्थी तह लगाउने एउटै माध्यम थियो लठी ।
विद्यालयमा मासिक पैसा तिर्न जाने क्रममा शिक्षक मित्रलाई बच्चाहरुलाई देखाउने डरको बारेमा लामो मलाकुसारी हुंदा उनी कस्सिएर भन्दै थिए बच्चाहरु अलि अलि डर नदेखाए मान्दै मान्दैनन् के गर्ने । उसलाई केहि समय अगाडी एउटा गैर सरकारी संस्थाको सक्रियतामा अव देखि स्कुलमा लठीको प्रयोग नगर्ने भनेर लठी भाचेको स्मरण गराउंदा उनी अलिकति ग्लानी महशुस गर्दै स्पष्टिकरण दिदै थिए “हामीहरुलाई पनि बच्चाहरुलाई पिटन त्यत्ति मन त लाग्दैन तर तह नै लिन गाह्रो छ के गर्ने” उनले आत्मसमपर्णको शैलीमा सुनाए ।
साधारणतया हाम्रो जस्तो समाजमा जन्मेको २ वर्षदेखि बच्चाहरुले पिटाईको अनुभव गर्न पाईसकेका हुन्छन् अझ छोरी बच्चाहरुको हकमा त त्यो भन्दा पनि चाडो हुन सक्छ । हाम्रो हालसम्मको विद्यमान समाजमा पनि छोरा बच्चा भन्दा कम प्राथमिकतामा छोरी बच्चा परेको कुरालाई नकार्न सकिदैन । बच्चा रुदा, खान मन नगर्दा, धेरै चल्दा आमा वा अरु स्यहार गर्ने मानिसको झापडको स्वाद चाखि सकेको हुन्छ । त्यहि क्रमको निरन्तरता उनीहरु ठूलो हुंदासम्म पाउ“दै जान्छ । जसको निरन्तरता विद्यालयमा पनि पाउछ । राम्रोसंग पढनकोलागि शिक्षकको लठीको डर, होमवर्क गर्नकोलागि शिक्षकको कान निमठाईको डर, अरु साथीसंग नचलेर बस्नकोलागि शिक्षकको डस्टरको डर विद्यार्थीकोलागि अपरिहार्य भईसकेको हुन्छ ।
औलामा गर्न सकिने केहि परिवार बाहेक अन्य जतिसुकै शिक्षित परिवारमा पनि केटाकेटीहरुले पिटाई खाने कुराको शुरुवात आफ्नै घरबाट गरेको हुन्छ । शुरु शुरुमा उनीहरुलाई पिटाईको केहि डर लागेता पनि यसको धेरै अनुभव भएपछि यसले पनि काम गर्न छोडछ अनि बालबालिकाहरु गलत संगतको शिकारमा पर्न सक्ने सम्भावना धेरै हुन्छ । मुखले मात्र गालि गरेर बच्चाहरु तह लगाउने र मुखको भरमा नै बच्चाहरु तह लागेर बस्ने बच्चाहरु पाउन निकै गाह्रो छ ।
एक विदेशी दम्पत्तिसंगसंगै उनीहरुका ३ वर्षिय छोरी र ५ वर्षिय छोरासंग एकहप्ता संगै बस्ने मौका पाईएको थियो । एक हप्तासम्म उनका छोराछारी हाम्रै घरतिरका केटाकेटिहरु जस्ते चल्थे, दाजु बहिनी जिस्कन्थे, बहिनीले दाजुको बारेमा आमालाई कुरा लगाउथे, भुईमा खेलेर उनीहरुको लुगा फोहर भएको हुन्थ्यो । यति हु“दा हु“दै पनि उनीहरुको आमाले उनीहरुलाई कहिल्यै ठूलो स्वरमा झर्केर बोलेन । कहिल्यै एक झापट पनि पिटेन । सारै गल्ति ग¥र्यो भने उसले विस्तारै नजिक गएर जस्ले गल्ति गरेको हो उसलाई सरी भन्न लगाउथ्यो । उस्ले सरी नभनेसम्म त्यहि कुरा दोह¥याउथ्यो । बच्चाहरु पनि आमाले धेरै टक भने पछि शिर निहु¥याएर बिस्तारै सरी भन्थ्यो । त्यसकोलागि उनलाई कहिल्यै ठूलो स्वरमा बोल्नु परेन र कहिल्यै बच्चाहरुलाई पिटनु परेन ।
हाम्रा बच्चाहरुले आमाको पेटबाट बाहिर निस्केको केहि समय देखिनै ठूलो स्वरमा आमाको आज्ञा सुन्नु परि सकेको हुन्छ । बच्चाहरुलाई गालि गर्नु पर्ने कारण पत्ता लगाउनु भन्दा पहिल्यै बच्चालाई डर देखाएर उनीहरुलाई चुप लगाउनु हाम्रँे नियति नै भईसकेको छ ।
विदेश तिर पढाईको शुरुवात गर्दा पनि उनीहरुको आफ्नो रुची र देखेर चिनेर पढाउने शैलीको विकास विकसित देशहरुमा देखिन्छ । उनीहरुलाई वज्ञानिक ढंगबाट अंक र अक्षरको बारेमा ज्ञान दिएपछि मात्र सैद्धान्तिक हिसावले पढाईन्छ । यसको केहि शुरुवात हामीकहा पनि शुरुवात भईसकेको छ । किनर गार्डेन र इसीडी मार्फत विद्यालयहरुमा यो शैली शुरुवात गरीएको  छ ।
विद्यालयहरुले बाल मनोविज्ञानलाई आधार मानेर शिक्ष्ाँ दिनकोलागि किरन गार्डेन र इसीडीको शुरुवात गरेपनि हाम्रो समाजका बालबालिकाहरुका अंधिकाश घरमा नराम्रो काम गर्नु हुंदैन भन्ने ज्ञान भन्दा पनि नराम्रो काम गरे पिटाई खाईन्छ भन्ने मनमस्तिष्कमा परेको छ । त्यसको शुरुवात बालबालिहरुलाई पढाउने शिक्ष्ँक र विद्यालयमा भय रहित सिकाईको विगुल फुक्नु भन्दा पहिला बालबालिकाको घर परिवारमा नै पुगी भय रहित सिकाईको परामर्श गर्नु पर्ने आवश्यकता देखिएको छ ।

सुधिर भद्र
२०६९ श्रावण ९ गते