Tuesday, June 12, 2012

ल्वाप्पा ख्वाईगो संविधान सभाले !!


तेजबहादुर थिगं, उत्तरी मकवानपुरको विकट आग्रा चौवासका पुराना बासिन्दा हुन । हेटौडा वर्षको ५,६ पटक उनको ओहरदोहर हुन्छ । गाविस नजिकै उनको घर भएकोले उनलाई गाविसको योजना, अनुगमन, मुल्याड्डकन, दलिय संयन्त्र, परीषद आदि धेरै कुराको ज्ञान पनि छ । उनै तेजबहादुरसंग एक दिन गाविस सचिवको निम्तोमा नाम चलेको होटलमा नास्ता खाने मौका पाईएको थियो । टायल लगाएको होटलको भूईमा उनको डाडा“बासको चिसो माटो टासेको चप्पल चिप्लन खोज्दै थियो । उनी संयमित भएर पाईला चाल्दै थिए ।

टेबलमा बसियो, नास्ताको अर्डर भो, गर्मीलाई तत्काल कम गर्नकोलागि लस्सी खाने सल्लाह भो । केहि समय पछि आएको लस्सी गर्मीले मातेको जिउलाई शान्त गराउन सबैले हतार हतार आफूतिर तानेर खान थाले । तेजबहादुर दाई अल्मलिए, शिशाको गिलामा सेतो झोल देखे पछि गा“उमा सिल्भरको कचौरमा हालेर पिएको छयाड्डको उनलाई याद आयो । कसरी खाने भनेर सोच्दै मात्र थिए उनकै गा“उका एक चल्ता पुर्जा चन्द्रबहादुर दाईले तामाड्ड भाषामा “पाईपसे सोलगो”पाईपले तानेर खानु पर्ने कुरा सम्झाई दिएपछि उनको लस्सीपान शुरुभयो ।

नास्ताले पेट उकासीदै गएपछि राजनैतिक गफ शुरु हुन थाल्यो । संविधान सभाको विषय अहिले हट केक भएकोले तेजबहादुर दाईको यस विषयमा विचार बुझ्न मन लागेर सोधे “दाई तपाईलाई संविधान सभा भनेको के थाहा छ ? उनले टाउको हल्लाए । अनि एक छिन चुप लागेर बसे पछि अलि कड्किएर उत्तर दिए “ल्वाप्पा ख्वाईगो संविधान सभाले के गर्नु संविधान सभाको बारेमा जानेर” यहि संविधान सभाकोलागि भनेर गा“उमा १२÷१२ वर्षसम्म हामीले कति दुःख सहेर बस्यो त्यो कुरा हामीलाई थाहा छ । अव त अलिकति राम्रो होला भन्यो फेरी उही चाल छ नेताहरुको खै के गर्ने उनको निराशापन संगै निधारबाट पसिना पनि छुट्दै थियो ।

संविधान सभाले तेजबाहादुर दाईलाई मात्र ल्वाप्पा ख्वाको होईन समस्त नेपालको हित चहाने नेपालीहरुलाई ल्वाप्पा ख्वाएको छ । सर्वसाधरण नेपालीले जेठ १४ पछि को नेपालको कल्पना अर्कै गरेका थिए । उद्यँेगी व्यवसायीहरु लगानीका नया“ योजनाहरु कार्यान्वयन गर्न आतुर थिए । विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न पाईला उठाउ“दै थिए । बन्द र हडताल सदाकोलागि बन्द हुने आशहरु त्यसै त्यसै गर्भमा नै तुहिएर गए ।

धरै नेपालीहरुका धेरै आशाहरु ६०१ जना सभासदहरुको जिम्मामा पठाएका थिए । उनीहरुले केहि न केहि ल्याउने आशमा थिए । तर विचरा सभासदहरु उनीहरु आफै आफ्नै दलका ठूला नेताहरुको बन्धनमा परे । उनीहरुले चाहेर नचाहेर केहि गर्न सकेनन । खाली माथिल्लो निकाएले गरेको निर्णयको साक्षी बस्नु बाहेक उनीहरुको केहि काम भएन् । दुईचार वर्ष स्थानीय स्तरको प्रमुख अतिथि र अतिथि भएर भाषण ठोक्ने काम मात्र भयो । कोहि कोहि गलत धन्धामा लागेर आर्थिक लाभ गर्न तर्फ व्यस्त भए । कोहि महिनाको ४० हजार पारीश्रमिकमा रमाउनमा नै व्यस्त हुन थाले । कोहि समिति र उपसमितिमा झगडा गर्नमा नै व्यस्त हुन थाले । कोही आफ्नो आसेपासेलाई राम्रो ठा“उमा जागिर खुवाउन र आर्थिक लाभ वाडनमा नै व्यस्त हुन थाले ।

दुईचार वर्षको शहर वसाईपछि अव उनीहरुलाई गा“उ फर्कनु परेको छ । फेरी नया“ आशाहरु बाड्नु परेको छ । फेरी आसेपासेहरुको झुण्ड जम्मा गरेर देश दर्शनको चर्चा गर्नु परेको छ । के गर्नु अव फेरी चुनाव आउदैछ नि, चुनाव नै राजनीतिज्ञहरुको ठूलो परीक्षा हो । देश दर्शन, साम, दाम, दण्ड जे प्रयोग गरेर भए पनि चुनाव त जित्नै पर्छ । फेरी धेरै आशा बोकेका जमातहरु फेला पार्नु छ ।उनीहरुको आशालाई प्रतिवद्धता व्यक्त गर्दै सदासयता प्राप्त गर्नुछ । जेगरी जसरी भएपनि आम नेपाली जनताको चाहना संविधान सभाबाट बन्ने संविधान चाडो भन्दा चाडो नेपाली जनताको हातमा आओस, फेरी फेरी पनि संविधान सभाले ल्वाप्पा नखुवाओस ।

सुधिर भद्र
२०६९ जेठ २९ गते