वर्षै पिच्छे आउने बुद्ध जयन्ति फेरी आउदैछ । देश विदेशका गुम्वाहरु फेरी सिगारीने छ । बुद्धको जन्मथलो लुम्बिनीको नाम फेरी एकपटक सबैले गुनगुनाउने छ । २५५६ औ बुद्ध जयन्ती हाम्रो लगि विशेष हुनु स्वभाविक नै हो । हाम्रै मुलुकमा जन्मेको ठिटो घर परिवार, माया मोह देखि विरक्तिएर शान्ति खोज्दै लामो तपश्या गरे पश्चात बुद्धत्व प्राप्त गरे । देश विदेशमा बौद्ध दर्शन र शान्तिको सन्देश दिन सफल भए । हजारौ लाखौ अनुयायीहरु बनाउन सफल भए । उसबेलमा नै फैलाएको दर्शनको भरमा विश्व भरी बुद्ध दर्शनका अनुयायीहरु फैलिएका छन । नेपालले उनलाई राष्ट्रिय विभुतिको मान्यता दिनु बाहेक बौद्ध दर्शनको प्रचार प्रसारमा केहि गर्न सकेको जस्तो लाग्दैन ।
लुम्बिनी पर्यटन वर्ष २०१२ भनेर खुवै प्रचार प्रसार गरे यसै भ्रमणको सिलसिलामा जव लुम्बिनी पुगेर आईन्छ त्यसपछि पयर्टन वर्षको नाम अनि त्यसको कार्यान्वयनमा देखिएको सिथिलता देख्दा हा“सो उठछ । दिर्घकालीन योजनाहरु बनाईएका छन तर त्यसको कार्यान्वयनमा तदारुकता छैन । ठूलो क्ष्ँेत्रमा फैलिएको बुद्धको जन्मथलो लुम्बिनी क्षेत्र बाहिर बनाईएको बसपार्कबाट भित्र छिर्ने बित्तिकै बुद्धको घरमा पुग्दा पाउने आन्नदको प्रत्याभुत गर्न सकिदैन । घुलाम्य सडक, रिक्साको सेण्डिकेड अनि व्यवसायीक नदेखिएका विकास कोषका कर्मचारीहरु यी तिनै थोकको संयोगले लुम्बिनिको भ्रमणलाई नरमाईलो बनाउन ठूलो सहयोग गर्दछ ।
बसपार्कबाट करीव आधा घण्टाको पैदल यात्रा गरेपछि मायादेवीको मन्दिर पुगीन्छ । दिर्धकालिन कार्ययोजना अन्तर्गत होला सायद नौका विहार गरेर लुम्बिनी भ्रमण गर्नकोलागि ठूला नहर हरु तयार परीएको छ । अप्रयाप्त पानीको श्रोत र पूर्वनिर्धारीत योजनाको अनिश्चितताले गर्दा बनाईएका नहरहरु पनि पुराना हुन थालिसकेका
छन् । गेटबाट भित्र पस्ने बित्तिकै पहेलो रंगमा सजिएका रिक्साका चालकहरु टुटेफुटेका नेपाली र गोराहरु भेटे अंग्रेजीमा ४ सय रुपैयामा भ्रमण भन्दै हल्ला गर्न आईपुग्छन । मायादेवी मन्दिर, आशोक चैत्य, चीन, अष्ट्रेलिया, श्रीलंका, म्यानमार र नेपाल लगायतकाले बनाएका बिभिन्न प्रकारका मनमोहक गुम्बा वा चैत्यहरु गरी करीव एक घण्टाको भ्रमणको खर्च ४ सय लाग्दो रहेछ ।
रिक्सा नचढ्ने पैदल नै जाने यात्रुहरुको लागि चर्को घाममा खुट्टाले उडाएको घुलो घुडासम्म पु¥याएर हिडनु पर्छ । त्यसका साथै आधा घण्टासम्म प्यास लागे पानी खान पाईन्न भन्ने कुरामा पहिल्यै नै सुनिश्चित हुनु पर्दछ । सायद विकास कोषले पैदल हिडनेहरुलाई तिर्खा लाग्दैन होला भन्ने सोचका छन् जस्तो छ । भारतीयहरुले साना भन्दा साना तिर्थ स्थलमा गरेको पानीको बन्दोबस्तबाट विकास समिति र त्यसका सरोकारवालाहरुले केहि सिक्नु पर्ने जस्तो देखिन्छ ।
मायादेवीको मन्दिरमा विगतसम्म फोटो खिच्न दिने चलन थियो तर हाल आएर बन्द गरिएको रहेछ । त्यसको सूचना सबैले देख्ने ठा“उमा ठूला ठूला अक्षरमा राखिदिएको भए राम्रो हुन्थ्यो । ड्यूटीमा बसेका प्रहरीहरुले मिनेटै पिच्छै फोटो नखिच्नुस भनिरहनु पर्दैन थियो होला । मायादेवी मन्दिरमा बुद्धको जन्म, बुद्धत्व प्राप्ती र अन्य सो संग सम्बन्धित कुराहरुको सूचनामुलक फोटो वा सन्देशहरु राखिदिएको भए अझ राम्रो हुन्थ्यो होला । धेरै देशले बनाएको बौद्ध गुम्वाहरु त भेटियो तर त्यसको जानकारी दिन सकिने आधिकारीक मानिसहरु देखिएन । सबै ठा“उमा चप्पल फुकालेर जानु पर्ने थियो तर चप्पलको जिम्मा आफैल लिनु पर्ने थियो । मानिसहरुको धेरै भिडभाड हुने भएकोले चप्पल हराउन सक्ने ठूलो सम्भावना थियो । चप्पलको भिडभाड र चप्पल हराउनेहरुको कोलाहल सुन्दा हैदरावादको विरला टेम्पलमा मोबाईल र चप्पलको निशुल्क क्याविन उपलव्ध गराउने व्यवस्थाको बारेमा सम्बन्धित निकायलाई जानकारी दिलाउन मन लागेको थियो ।
विश्वमा नै गर्व लाग्ने ठा“उ र विश्व सम्पदा सूचिमा परेको लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटककोलागि अलि ध्यान पु¥यान नसकेको हो की जस्तो देखिन्छ । बिभिन्न मन्दिर बाहिर बेचिने फोहर खानेकुरा, अव्यवस्थित बजारले गर्दा विश्वमा नै प्रशिद्ध लुम्बिनीको साखमा कमि ल्यान सक्ने सम्भावना देखिन्छ ।
मायादेवि मन्दिर अगाडी देखिएको अर्को कुरा भिक्षा माग्नकोलागि मात्र पनि बुद्धको अनुयायीहरुको रातो पहिरन लगाएर बसेका केहि समूहहरु देखियो । यसले बुद्धको अनुयायीहरुको सन्देश तमाम विश्वमा कस्तो जान्छ त्यस बारेमा सोच्नु पर्छ होला । हुनत लुम्बिनी विकास कोषले लुम्बिनीको विकास विस्तारकोलागि बुहत बगैचा, गुम्बा क्ष्ँेत्र र नया“ लुम्बनी ग्रामका साथ साथै बुद्ध धर्म सम्वन्धी अध्ययन केन्द्र बनाउने सोच बोको छ क्यारे तर यस्ता स सना कुराहरुका पनि ध्यान दिन पाए अझ राम्रो हुने थियो होला ।
यहिले लुम्बिनी पर्यटन वर्ष २०१२ भव्य रुपमा मनाउने कसरत भईरहेको छ । भैरहवामा ठूलो लुम्बिनी गेट बनाएर मात्र भ्रमण वर्षको उद्देश्य सफल हु“दैन । त्यसकोलागि स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लुम्बिनी भ्रमणमा आउन अझ कसरी आकर्षित गर्न सकिन्छ, लुम्बिनी र बुद्धको बारेमा संग्रालयमा राखिएका सूचनाहरु अझ सबैले सबै ठाउ“मा राख्दा राम्रो हुन्छ । अन्यथा लुम्बिनी पुग्दा कुनै स—सानो पार्क घुम्न गए जस्तो मात्र भएको अनुभव हुन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्ष्ँेत्रमा प्रख्यात बुद्धको गा“उमा पुग्दा कुनै उत्साह र उमगं आउन सकेन, लुम्बिनीमा बुद्ध नै हराएको जस्तो भएको छ ।
सुधिर भद्र
२०६९ बैशाख १० गते