Tuesday, February 28, 2012

दिल्लीमा भेटिएको ठिटो

राम्रोसंग पुछ फोहर देखियो भने गाली खालास !! २४ घण्टे वातानुकुलित रेलयात्रा र एक घण्टे टोयटा ईनोभाको यात्रामा गलेकोजिउले आफनो लगेज उठाउ“दै दिल्लीको कृष्णसागर होटलमा भित्र पस्न खोज्दा ठोक्किएको यो सम्वादले हामीलाई झसंग बनयो । हामीले होटलमा काम गर्ने नेपालीहरु हुन्छन भन्ने कल्पना पनि गरेका थिएनौ । नेपाली अनुहार देखेपछि उनीहरु  अल्मल्एिर अलि अलि लाज र अलि अलि खुशी मिश्रीत अनुहार बनाउदै हाम्रो लगेज उठाउन आईपुगे । होटल व्यवस्थापनले नेपाली पाहुनाहरु आएका छन् भन्ने थाहा पाएर हामीबसेको रुम सर्भिसकोलागि नेपाली कामदारहरु खटाएका थिए ।

अर्धाखाचीका दीपक दाहाल, गुल्मीका कृष्ण ढुड्डाना लगायत करिव एक दर्जन कामदारहरुले होटलमा जागिरेको रुपमा थिए, उनीहरुले अन्य धेरै जसो होटलमा नेपालीहरु रहेको हामीलाई जानकारी गराउ“दै थिए । नेपाली पाहुनाहरुको स्वागत गर्न पाउ“दा शुरुमा देखिएको लाज हटेपछि उनीहरु निकै सक्रिय थिए ।

बेलायतमा विगत १० वर्ष देखि बसोवास गर्दै आएका एनआरएन मित्र रोशन क्षेत्रीको दिल्लीमा किट विशेषज्ञमा विद्यावारीधि गरेकी नेपाली मुलका भारतीय दुलही मोनिका क्ष्ँेत्रीको विहेमा हामी सहभागी हु“दै थियौ । कार्यालयको चारदिने भ्रमण विदाको उपयोग गर्दै रक्सौलबाट विहान ९ वजे सत्याग्रह एक्सप्रेसबाट हाम्रो दिल्ली यात्रा शुरु भएको थियो । दिल्लीसंग सीमा जोडिएको शहर गाजीयावादसम्म हाम्रो यात्रा थियो ।  हामी चढेको रेल सुपरफास्ट भएकोले एक्सप्रेस रेलहरुलाई बाटो छोड्दै विस्तारै विस्तारै सुगौली, बेतिया, मुरादावाद, गोरखपुर हु“दै २४ घण्टामा गाजियावाद पु¥याएको थियो ।

हामी बसेको डिब्बामा आधासरो नेपालीहरु थिए भने आधा जति नेपालमा व्यसाय गरी रहेका र नेपालको बारेमा जानकारी राख्ने भारतीयहरु थिए । उनीहरु नेपालको बारेमा आफूले पाएको जानकारी र जिज्ञाशाहरु हामीलाई सुनाउन खुशी मान्दै थिए । बेच्न ल्याउने खानेकुराहरु र स्टेशन पिछेको खाजाको परिकारले नेपाली दालभातको न्याश्रो मेटाउन सकेको थिएन । लागुपदार्थको दुव्र्यसनी जस्तो हामीलाई भातको नशाको कारण शरिरमा एक किसिमको फूर्ति आउन सकेको थिएन ।

गाजियावादको स्टेशनको दुई चोक मध्ये घण्टाघर चोकमा आउने कुरा दुरभाषबाट टोयटा ईनोभोका चालक दीपकसंग भयो, उनलाई भेटेपछि हाम्रो यात्रा होटलतिर मोडियो । केहि बेर आराम गरेपछि हाम्रो दिल्ली घुम्ने कार्यक्रम तय भयो । दील्लीको बारेमा राम्रो जानकार भएका कपडा व्यवसायी अजय अग्रवाल पनि हामीसंगै भएकोले हामीलाई सजिलो भएको  थियो । गाजीयावादबाट दिल्ली पुग्नकोलागि अत्याधिक गतिमा विजुलीबाट चल्ने प्रख्यात मेट्रो ट्रेन चढन बैशाली जाने निधो गरियो । टेम्पोवालासंग लामो बार्गेनिड्डपछि १ सय पचासमा पा“चसवारी बैसाली लान सहमत भयो ।

हाम्रो केवलकारको जस्तै सम्झना दिलाउने मेट्रो स्टेशनमा सुरक्षा सतर्कता निकै चुस्त थियो । सर सफाई र व्यवस्थापन पनि तारिफ योग्य थियो । पा“च पा“च मिनेटमा आउने स्टेशन अनि स्वचालित खुल्ने ढोका र दिईने जानकारीले हामीलाई युरोपको यात्रा जस्तो लाग्थ्यो भने बिस्तारै भिड बढेर खुट्टा टेक्ने ठा“उ नहु“दा रत्नपार्क नागढुड्डाको बसको सम्झना दिलाउथ्यो । स्टेशनमा पार्किड्ड गरिएर राखिएको हजारौ मोटरसाईकल र वरीपरीको बिसाल भवन संरचनाले विकासको फड्को सजिलै आकलन गर्न सकिन्थ्यो । सरसफाई र संरचनाको आकर्षणको कारण ईन्जिनियर मित्र नविनले फोटो झिकेर क्यामरामा मेरो फोटो कैद गर्न मात्र के भ्याएका थिए, त्यहाका एक कर्मचारीले फोटो खिच्न नहुने र खिचेमा २ सय जरिवाना लाग्ने जानकारी गराएपछि हाम्रो फोटोशेसनको कार्यक्रम स्थगित गरियो ।

राजीव चौकमा ओर्लेर पुनः अर्को मेट्रो लिएर चादनी चोक पुगेपछि हाम्रो किनमेल शुरु भयो । पुराना भवन र असिमित गल्लिले असन र ईन्द्रचोकका गल्लिहरुको सम्झना दिलाएको थियो । कपडा, खाद्यान्न र अन्य विविध विषयमा खरिद गर्नकोलागि आउने मानिसको निकै भिडभाड थियो । हल्का फुल्का सामान खरिदपश्चात नजिकै रहेको लालकिल्लामा गएर मेट्रोमा गर्न नपाएको फोटोशेसनको रिस फेर्दै लामो समयसम्म फोटो शेसन गरियो ।

भोलिपल्ट दुलही पक्षको निम्तो आए पछि हामी जन्ति जान तयार भयौ । नेपाली र भारतीय परम्पराको मिश्रित रुपमा वैदिक परम्परा अनुसार विहे गर्ने पारीवारीक सहमति अनुसार दुलाहा तयार भए । क्ष्ँेत्री परिवारको विहे भएको हुनाले दुलाहको हातमा तरवार अनि घोडा सवार भई हिडेको हाम्रो जन्ति निकै आकर्षक थियो । बत्ति र पटका अनि संगीतमा नाच्दै गा“उदै हिडको हाम्रो जन्ति दुलही भएको पार्टि प्यालेसमा पुग्दा निकै तामझाम सहित स्वागत गरिएको थियो । मनमोहक ढंगले सजाईएको पार्टी प्यालेसमा भारतीय परम्परा अनुसार दुलाह दुलहीले विहेमा लगाउने लामो माला र नेपाली परम्परा अनुसार दुबोको माला  एक आपसमा लगाई विहेको शुरुवात गरियो । माला साटासाट पश्चात करिव दुई तिन घण्टा परिवारका सदस्य र साथीभाईहरुसंग दुलाहा र दुलहीको फोटोशेसनको कार्यक्रम चल्यो तत्पश्चात अग्नीलाई साक्षी राखि सातफेरा घुमेपछि विवाहको कार्यक्रम समापन भयो ।

सजिसजावट गरिएको पार्टी प्यालेस चाट, पाउ भाजी, ईडली, डोसा, रोटी, पराठा लगायत नब्बे किसिमका परिकारहरुले सजिएको थियो तर विहेमा माछामासु खान बानी परको जिब्रो चनाखो भएर त्यसैको स्वाद खोज्दै थियो । रातभरीको बैवाहिक कार्यक्रम पश्चात विहान ५ वजे हामी बेहुली लिएर अन्मियौ ।

बैकाहिक कार्यक्रम सकिएपछि हामी घर फर्कने हल्ला थाहा पाएपछि गुल्मीका ढुड्डाना भाई रुम सर्भिस भन्दै ढोका ढक ढकाउन हाम्रो कोठामा आईपुगे । उनको अनुहारमा परदेशमा भेटिएका नेपाली दाजुभाई छुट्टिनुपर्दाको उदासी थियो । उनको आ“खाले तीन महिना अगाडी मात्र विहे भएको उनको अर्धाग्नीलाई सन्देश पठाउन खोजीरहेको थियो । बावु आमालाई खर्च पठाउने ईच्छा उनको मनमा छछल्किएको थियो । सारा कुरा उनको अनुहारले बताईरहेको भएतापनि यी सबैलाई मनभित्रै राख्दै हाम्रो व्याग बोकेर गाडीमा हाल्दिए अनि आफन्त सम्झेर राम्रोसंग जानुस है सर भनेर औपचारीकता निभाए ।


सुधिर भद्र
२०६८ फागनु १५ गते

Tuesday, February 14, 2012

उड यु लाईक टू बी माई भ्यालेन्टाईन !!

दिवशसै दिवस मनाउने क्रममा हरेक वर्ष फेब्रुअरी १४ को दिनमा आउने भ्यालेन्टाईन डे यसवर्षपनि आईपुगेको छ, मायाको टुसा पलाउन लागेको जोडी र परिपक्व भईसकेकाहरुलाई यो दिन महत्वपूर्ण होला । अग्रेजी महिनालाई नै राष्ट्रिय महिना मान्नको लागि राष्ट्रले नै कसरत गरीरहेको बेला युवा पुस्ताले भ्यालेन्टाईनको तयारी गर्नुलाई कुनै नौलो मान्नु नपर्ला । २१ औ शताब्दी अनि त्यसमाथि पनि सुचना प्रविधिले यत्रो फड्को मारेका अवस्थामा हलिउड, बलिउडका सेलीब्रेटीहरुले मनाउने भ्यालेन्टनाईन डे को नक्कल भनौ या अनुशरन गर्नु सामान्य हो ।

अन्तराष्ट्रिय रुपमा मनाउ“दै आएको बिभिन्न दिवशसंग सगै युवापुस्तामाझ लोत्रप्रिय त्रिसमस देखि न्यू ईयर, फ्रेण्डसिप डे देखि भ्यालेन्टाईन डे सम्मका चा“डहरु आम नेपालीकै चाड जस्तो हुन थालिसकेको छ । स्कुल कलेजमा नै अलि अलि माया प्रेम बारे अनुभव हासिल गर्न सफल भईसकेका अचेलको पछिल्लो पुस्तालाई कलेजमा एक आर्कालाई माया गर्नु सामान्य कुरा जस्तो भईसकेको छ । अफेयर चल्नु अनि ब्रेक हुनु युवा पुस्ताको नया“ टे«ण्ड भईसकेको छ । त्यसमाथि पनि देशको नामचलेका कलेजले प्रेमपत्र लेखन प्रतियोगिता गरेर भ्यालेन्टाईन डे लाई बैद्यानिकता दिए पछि अन्य कलेजको त के कुरा गर्नु ।

हुन त माया नलाएको भए माया लाउन, टुटेको माया भए जोडनलाई यो दिन महत्वपूर्ण दिन मानिन्छ तर प्रेमको परिभाषा नै थाहा नभएकाहरु संग युवा अवस्थामा राम्रोसंग प्रवेष नगरी सकेका अर्थात म्याच्योर नभईसेका हिप हप ड्रेस लगाउने युवा पुस्ता अनि स्यागी कट कपाल काटेर कम्मर मुनि जिन्समा म्याचिड्ड क्यानभास जुत्ता लगाउने युवतिहरु बीच चलेको अफेयरले कसरी यो प्रणय दिवसको महत्वलाई प्रतिविम्बित गर्न सक्दछ ।

छाती चिरेरमा मुटुमा राख्ने खालको प्रेमी प्रेमिको मिठो बचनले नौ महिना गर्भमा राखेर जन्म दिने आमाको माया, तोते बोलीमा नै सबै खुशी पु¥याईदिने बाबुको ममता अनि बालपन देखि हरेक सुखदुखमा साथ दिने दाजुभाई दिदी बहिनीको आत्मियतालाई ओझेलमा पारेको छ । माया प्रेमको अन्धो जालमा भविष्यको परिणामको बारेमा सोच्ने फुर्सद नभएका जोडीहरुको पनि बाहुल्यता बढदै गएको छ ।

अन्तराष्ट्रिय रुपमा मानिदै आएको यस्ता दिवशहरुको बारेमा चासो राख्नु राम्रै कुरा हो माया प्रेम गर्नु नै हुदैन भन्ने मुश्लिम देशको जस्तो मान्याता राख्नु पनि हु“दैन तर कुन कुरालाई कतिसम्म प्राथमिकता दिनु पर्छ भन्ने कुरा युवापुस्ताले राम्ररी मनन गर्नु पर्दछ । कलिलो अवस्थामा गरिने माया भन्दा पाको अवस्थामा गरीने मायामा अलि बढि अध्ययन गरिएको हुन्छ कि ? दुई चार दिन डेटिड्ड जाने पैसा भए खर्च गर्र्न नभए आमा बुवासंग ढाटेर पैसा मागेर खर्च गर्ने परिपाटीले कस्तो परिणाम ल्याउला ? कलेजदेखि स्कुलले यस्ता दिवशकोबारेमा चासो राख्दा के कस्तो सकारात्मक तथा नकारात्मक प्रभाव पर्दछ सो बारेमा अभिभावकहरुले बुझनु जरुरी हुन्छ ।

शिशु, बाल र युवाअवस्थाबो अनुभव हासिल गरी जीवनको आरोह अवरोहको बारेमा जानकारी हासिल गरी सकिएको छ बा“की जीवनमा आफूलाई सल्लाह, सुझाव र मार्गदर्शन दिन सक्ने योग्य साथीको खोजी गरीएको छ भने आजको दिन आफूले खोजेका भ्योलेन्टाईन अर्थात माया साटासाट गर्न सक्ने साथीालाई दिल खोलेर भन्नुहोस युड यु लाईक टू बी माई भ्यालेन्टाईन तव मात्र यस्ता अन्तराष्ट्रिय दिवशले सार्थकता पाउनेछन् अन्यथा यी सव मनोरन्जनको साधन बाहेक अरु केहि पनि हुनेछैन ।


सुधिर भद्र
२०६५ फागुन २ गते हेटौडा सन्देशमा प्रकाशित