Monday, January 16, 2012

तपाई नमस्ते मात्र खान नजानुस !!

अध्यक्षज्यू नमस्ते !! महासचिवज्यू नमस्ते !! उपाध्यक्ष्ँज्यू नमस्ते !! .........ज्यू नमस्ते !! भर्खरै निर्वाचति अध्यक्षज्यू एवम् पदाधिकारीज्युहरु र कार्यसमितिका सदस्यज्यूहरुले आफू निर्वाचित भएको संस्थामा पुग्दा त्यहा कर्मचारीहरु एवम् अन्य साथीभाईहरुबाट पाउने अभिवादन हो । मकवानुपरका ठुला मध्येमा गनिने दुई संस्था निर्माण व्यवसायी संघ र यातायात व्यवसायी संघमा हालै सम्पन्न निर्वाचनबाट नया“ कार्यसमिति चयन भई सकेको छ । कुनै संस्थामा नया“ अनुहार आएको छ भने कुनैमा पुरानै अनुहार दोहरीएको छ । जे भएपनि सम्बन्धित संस्थाको विकासको लागि आफूले कार्य गर्ने उहा“हरुले प्रतिवद्धता जाहेर गरी सक्नु भएको छ । आशा गरौ उहा“हरुको प्रतिवद्धता अनुसार नै क्रियाकलापहरु अघि बढदै जाउन ।

मकवानपुरको आर्थिक विकासमा ठूलो भूमिका खेल्न सक्ने अर्को संस्था मकवानुर उद्यँेग वाणिज्य संघको निर्वाचन पनि नजिकिदै छ । नजिकिदो निर्वाचनसंगै अध्यक्ष्ँका उम्मेदवारहरुको घोषणा पनि हु“दै गरेको छ । संघको विकासमा सहकार्य गर्दै आएको र उद्यँेग वाणिज्य क्षेत्रको विकासमा लामो अनुभव सम्हाली सक्नु भएकाहरुबाट उम्मेदवारीको घोषणा भईसकेको छ । व्यवसायीक चिन्तन, आर्थिक विकासको बारेमा ज्ञान, सामाजिक आर्थिक विकासकोलागि गुरु योजना सहितको दिर्घकालीन सोच अबका नेतृत्व सम्हाल्नेहरुको लागि अत्यावश्यक छ ।

मकवानपुर उद्यँेग वाणिज्य संघले विगतमा बनाएको छविलाई पछिल्लो क्रममा नेतृत्व लिनेहरुले निरन्तरता दिने मात्र काम गरेको पाईन्छ त्यसलाई अझ अगाढी बढाउने काममा त्यति सफलता मिलेको प्रष्टरुपमा देखिदैन । लामो समयदेखि उठाउ“दै मकवानपुर जिल्लालाई औद्योगिक जिल्ला घोषणा गर्ने सम्बन्धि नीतिगत रुपमा हालसम्म पनि निर्णय गराउन सकिएको छैन । हेटौडा काठमाण्डौ सुरुड्डमार्ग सम्बन्धमा धेरै पटक छलफल र डेलिगेशन गईसके पनि त्यसको पनि हालसम्म कुने निकास निस्कन सकेको छैन । हेटौडा विरगंज सडकखण्डका खेतियोग्य जमिनमा उद्यँेगहरु स्थापना भई खेतियोग्य भूमिको ह्रास हुनुका साथै नया“ औद्यँेगिक करिडोरको रुपमा स्थाना भईसकेको छ । लामो औद्यँेगिक संस्कार बोक्नुका साथै उद्यँेगहरु स्थापनाकालागि आवश्य भौतिक पूर्वाधार प्रयाप्त मात्रामा हु“दा हु“दै पनि नया“ उद्यँेग स्थापनकोलागि लगानीकर्ता आकर्षित गर्न नसक्नु यस जिल्लाको ठूलो बिडम्वाना हो ।

स्वास्थ्य क्षेत्रमा चिकित्सकलाई गलत व्यवहार गर्ने र औद्योगिक क्षेत्रमा उद्योगपतिहरुलाई गलत व्यवहार गर्ने मानिसहरुको जमात हेटौडामा छ भन्ने हल्ला दुवै क्ष्ँेत्रका विज्ञहरुमा देखिएको छ । चकित्सकहरुमा हुने गरेको दुर्वव्यहार र उद्योगपतिहरुलाई गरीने गरेको दुर्वव्यहारको कारण हालसम्म पनि उनीहरुको नजरमा मकवानपुर पहिलो प्राथमिकतामा पर्न  सकेको छैन ।  विगतमा घटेका केहि घटनाहरुको कारण स्वास्थ्य क्षेत्रका विकास एवम् औद्योगिक क्षेत्रको विकासमा छिमेकी जिल्लाहरुको तुलनामा पछाडी परेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको अवका नेतृत्व लनेहरुले यस किसिमका चुनौतिहरुको सामाना गर्न सक्छु भन्ने आत्मविश्वास लिएर मैदानमा आउनु पर्दछ । मकवानपुरमा नया“ लगानी भित्राउन सक्छु भईरहेका उद्यँेग प्रतिष्ठानहरुको विकास र विस्तारमा ठोस कदम एवम् आवश्यक पहल कदमी गर्नेछु , रोजगारदाता र श्रमिकहरुबीचको आपसी सदभाव र भाईचारा बढाउन उल्लेख्य भूमिका खेल्छु भन्ने प्रतिवद्धता गर्नु आवश्यक छ । यसका साथै उद्यँेग संघ हेटौडासंग चिसिदै गएको  सम्बन्धलाई पनि पुनः सहकार्य र एकताको रुपमा अगाडी बढाउनु पर्ने चुनौति रहेको छ ।

साना व्यवसायीहरुको हकमा सिफारीश लिनकोलागि मात्र उद्यँेग वाणिज्य संघको सदस्य बन्नुपर्ने अनिवार्य प्रवधानको सट्टा उद्यँेग वाणिज्य संघको सदस्यता आफै लिनकोलागि प्रोत्साहित गर्नकोलागि वातावरण बनाउन सक्नु पर्दछ । विगतमा ल्याएको सदस्य दुर्घटना बीमा जस्तै सदस्यहरुको लागि उपलब्धिमुलक हुने किसिमका कार्यक्रमहरु तर्जुमा गर्नु पर्ने देखिन्छ । कर तथा राजश्वको परामर्श, लेखा सम्बन्धि परामर्श, कानूनि परामर्शहरु संघबाट दिंईदै आएको भएता पनि त्यसको सहि उपयोग हुन सकेको छैन । त्यसलाई समायनुसार व्यवसायीहरुलाई सर्वशुलभ रुपमा सहजै प्रदान गर्न सके साना व्यवसायीहरु पनि संघको सदस्यता लिन उत्साहित हुन सक्थे होला । यसका साथै  समय समयमा तालिम, गोष्ठी अन्तरक्रियाहरुबाट पनि व्यवसायीहरुको साझा समस्याहरुको बारेमा बुझि त्यसको निकास सम्बन्धमा पनि राय सल्लाय संकलन गरी सोही अनुरुप आवश्यक पहल गर्न सक्नु पर्दछ ।

सार्वजनिक नीजी साझेदारी अवधारणा अनुसार गरीने क्रियाकलापहरुमा सरकारी क्ष्ँेत्रको नीति निर्देशनमा व्यवसायीक क्ष्ँेत्रमा अनावश्यक बोझ दिने किसिमको कार्यक्रम मात्र तर्जुमा नगरी व्यवसायीक क्ष्ँेत्रको विकासकोलागि पनि उपलव्धि मुलक हुने किसिमको नीति नियम तर्जुमा गर्न सके अझ राम्रो गर्न सकिने  सम्भावना रहेको छ ।
नेपालको उद्यँेग वाणिज्य संघको ईतिहांसमा सक्रिय महिला उद्यमीहरु मकवानपुरमा छन् भन्ने जुन उदाहरण विगतमा पेश गर्न सफल भएको थियो त्यसको निरन्तरता दिंदै महिला उद्यमीहरुको प्रवद्र्धन एवम् विकास र विस्तार गर्नु पर्ने दायित्व पनि बोक्नु पर्ने देखिन्छ । संघको आर्थिक विकासको लागि गरीने क्रियाकलापहरु विगतको तुलनामा धेरै मात्रामा भए पनि त्यसको प्रभावकारीता राम्रोसंग मुल्याड्ढन गर्नु पर्ने आवश्यकता देखिएको छ । औद्यँेगिक प्रर्दशनीहरुको निरन्तरताले संघको आर्थिक विकासमा केहि हदसम्म टेवा पु¥याउन सफल भयो, केहि हदसम्म व्यवसायीक कारोबार गर्न पनि सफल भयो तर यस्ता मेलाहरु पूर्ण रुपमा व्यवसायीक मेला हुन नसकेको हो कि भन्ने गुनासाहरु पनि सहभागी व्यवसायीहरुबाट नै आएको पाईन्छ । रमाईलो मेलाको रुपमा मात्र यस्ता औद्यँेगिक व्यापार प्रदर्शनीहरुको परीभाषित नगरी पूर्ण रुपमा व्यवसायीक मेलागर्न गराउन के गर्न सकिन्छ त्यसबारेमा पनि सोच्नु टडकारो आवश्यकता देखिएको छ ।

जे भएपनि पुनः एकपल्ट नेतृत्व परीवर्तनको समय आएको छ । नया“ नेतृत्व लिनकोलागि केहि नामहरु अगाडी आईसकेका छन् । सायद उहा“हरुबाट कुनै एकजनाले यसपटकको नेतृत्व लिनु हुन्छ होला । आशा गरौ नेपाल उद्यँेग वाणिज्य महासंघको क वर्गको उद्यँेग वाणिज्य संघमा रहेर कुनै समय सम्मानित हुन सफल भई सकेको उद्यँेग वाणिज्य संघले फेरी थप उर्जा र लगनशिलता प्राप्त गरी मुलुकमै नाम राख्न सकोस । नेतृत्व सम्हाल्नेहरु नमस्ते खानकोलागि मात्र विजयी हुनु ह“ुदैन होला मकवानपुर जिल्लाको आर्थिक विकासमा केही परिवर्तन ल्याउनु हुन्छ होला ।

सुधिर भद्र
२०६८ पौष २८ गते