असोज २६ गते विहिवार, महिन्द्रा ऐम्बुलेन्स साईरन बजाउ“दै हेटौडाबजार भन्दा २ घण्टा पूर्वमा रहेको छतिवन प्राथमिक स्वास्थ्य उपचार केन्द्र आईपुग्यो । घरमै सुत्केरी भएर साल अड्किएकी महिलालाई स्वास्थ्य चौकीमा ल्याईएको थियो । चौकीका ईन्चार्ज विदामा भएको कारण तत्कालिन स्वास्थ्य चौकि ईन्चार्ज अनु लामाले तिनको उपचार गरी दिईन । त्यतिनै बेला चौकीमा उपचाररत एक गर्भवती महिलालाई दिईने औषधी चौकिमा नभएको कारण उनका पति चौकीका कर्मचारी माथि खनिदै थिए । यी घटनाहरु छतिवन लगायत मकवानपुरका अन्य धेरै स्वास्थ्य चौकीहरुको साझा घटना हुन भन्दा अत्युत्ति नहोला ।
स्वास्थ्य क्षेत्रमा मकवानपुरको स्थिति अत्यन्त दयनिय रहेको छ । स्वाथ्य चौकी नजिक हुनेहरुले उपचारको आश गर्न सक्छन तर त्यो पनि टाढा हुनेहरुको लागि घरेलु उपचार र घामी झाक्रीको शरण वाहेक अन्य कुनै विकल्प छैन । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै गाविसहरुरुमा स्तर अनुसार स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र प्राथमिक उपचार केन्द्र स्थापना गरेको छ । भौतिक पूर्वाधारहरु पनि तयार छन तर अभाव केवल जनशक्तिको रहेको छ । कोगटे, धियाल, सिस्नेरी, ईपा, फाखेल, चुरीयामाई लगायतका स्वास्थ्य चौकि र छतिवनको नव निर्मित भवनहरुको अझ प्रभावकारी रुपमा सदुपयोग गर्न सकिएको छैन । दरवन्दि अनुसारको कर्मचारी नखटाईनु र खटाईएका कर्मचारीहरु पनि कार्यालयको कामको सिलसिलामा सदरमुकाममा नै केन्द्रित हुनुले विद्यमान भवनहरुको सही सदुपयोग हुन सकेको छैन ।
स्वास्थ्य चौकीहरुमा चिसोमा राख्नु पर्ने खोप तथा अन्य औषधिहरुकोलागि दिईएको फ्रिज, सुत्केरी सामाग्री र सरकारका तर्फबाट निशुल्क दिईने औषधिहरु लठिभद्र रुपमा रहेको पाईन्छ । औषधिहरुको उत्पादन मिति र प्रयोग गर्न योग्य समयको बारेमा जानकारी राखिएको हुन्छ हुदैन टेबल र दराजमा यत्रतत्र फालिएका औषधिहरु हेर्दा त्यसको एकिन गर्न सकिदैन । सरसफाईको लागि सहयोगीहरु नियुक्त भएका छन् । केन्द्र प्रमुखको कार्यालयको र केहि हदसम्म व्यक्तिगत कार्यको सिसिलामा समय अभावको कारण कार्यालय अनुगमनमा निरन्तरता दिन सकेका छैनन । यसै कारण सफाई कर्मचारीहरुले पनि विश्राम लिने गरेका होलान । बाक्लिदै गएको माकुराको जालो र चुलिदै गएका फोहरको ढिस्कोले यसलाई प्रमाणित गरीरहेका छन् । सहयोगी कर्मचारीहरुले दैनिक रुपमा नभ्याएपनि साप्ताहिक रुपमा सरसफाईमा ध्यान दिए स्वास्थ्य चौकीहरुमा उपचार गर्न आउंदा रोगीहरु केहि राहत महशुस गर्थे कि ? स्वास्थ्य चौकी जे जस्तो भएपनि ग्रामीण स्वास्थ्य कार्यकताहरुले स्वस्थ्य क्षेत्रमा पु¥याएको चेतनालाई सन्तोषजनक मान्नु पर्दछ ।
जिल्लाका सम्पूर्ण स्वास्थ्य चौकिहरुको अनुगमन र नियमन गर्ने जिल्ला स्वास्थ्य कार्यालय, मकवानपुर र जिल्ला अस्पताल आफै घाईते अवस्थामा रहेको छ । भौतिक पूर्वाधारको हकमा ठूलो भवन भएपनि स्वास्थ्य उपचारकोलागि चाहिने उपकरणहरुको उपलव्धता छैन । उपचारको क्रममा घटिने बिभिन्न घटनाहरुको कारण आम चिकित्सकहरुको मकवानपुर प्रतिको घारणा सकारात्मक छैन । यहि कारणले यस क्षेत्रका विरामीहरुले सामान्य भन्दा सामान्य उपचारकोलागि पनि छिमेकी जिल्लाहरुको शरण लिनु परेको छ । बच्चा विरामी भयो बाल रोग विशेषज्ञ छैन, स्त्री रोग सम्बन्धि समस्या आयो स्त्री रोग विशेषज्ञ छैन, कुनै पनि रोगमा विशेषज्ञको बारेमा मकवानपुरे विरामीले नसोचे पनि हुने भईसक्यो । सबै उपचारको लागि जनरल फिजिशियनको भर पर्नु परेको छ । पाहुनाको रुपमा महिनाको एक पटक र हप्ताको एक पटक आउने विशेषज्ञहरुले जेनतेन भरदेख गरिरहेको छ । तत्काल कसैलाई गाह्रो साह्रो प¥यो भने त्यसको लागि प्राथमिक उपचार बाहेक अन्य केहि सम्भव नहुने मानसिकतामा यहा“का विरामीहरु देखिन्छन । गर्भवति महिलाहरु प्रसुतिको लागि अस्पताल लगियोभने सामान्य प्रसुति भएसम्म यहि अस्पतालमा सम्भव होला । अन्यथा जटिलता देखिएको भरतपुर लान तयार हुन आवश्यक बन्दोबस्त सहित अस्पताल पुग्नु पर्दछ
अस्पताल विकास समितिका अध्यक्ष एवम् जिल्ला जनस्वास्थ्य प्रमुख मकवानपुरमा दरवन्दि थप्न एवम् बिशेषज्ञहरु ल्याउन प्रयासरत भएपनि सफल हुन सकेका छैनन् । विशेषज्ञहरुलाई राम्रै आर्थिक सुविधा दिईएको भएता पनि उनीहरुको प्राथमिकतामा मकवानपुर नपुर्नु मकवानपुरवासीको दुर्भाग्य हो । मकवानपुरवासीहरुले आफूहरु स्वास्स्थ्य क्षेत्रको विकासकोलागि भविष्यमा कुनै पनि घटना घटन दिने छैनौ भन्ने प्रतिवद्धता व्यक्त गर्नु पर्ने आवश्यकता टडकारो रुपमा देखिएको छ, त्यसकोलागि हाल विद्यमान चिकित्सकहरुबाट पनि विरामी मैत्री वातावरण तयार गर्नु पर्ने देखिन्छ ।
विश्वमा कुनैपनि उपचार शतप्रतिसत सफल हुन्छ भन्ने छैन त्यसले केहि न केहि प्रतिशत कम्पलिकेशन अर्थात जटिलता निम्त्याउन सक्छ जसको परिणाम नकारात्मक पनि हुन सक्दछ । यसको बारेमा विरामीहरुलाई बुझन् बुझाउन अपरिहार्य देखिएको छ । चिकित्सकहरुले उपचारको संगसंगै कुशल परामर्शदाताको रुपमा विरामीहरुलाई परामर्श प्रदान गर्न सके भविष्यमा जस्तोसुकै घटना घटेपनि त्यसले अप्रिय दुघटना निम्त्याउन दिदैन । जनरल अस्पतालमा सायद बिरामीको चाप बढी भएको कारण चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरुले सबैसंग हा“सी खुशी राम्रोसंग बोल्ने वातावरण बन्न नसकेको होला । यसबाट विरामीको अस्पताल र सम्पूर्ण स्वास्थ्यकर्मी प्रति सोच्ने धारणामा पनि नकारात्मक असर पर्न सक्दछ । विरामी पक्ष र स्वास्थ्यकर्मीहरु बीच यसबाट असमझदारी उत्पन्न भई सानो भन्दा सानो त्रुटीमा पनि ठूलो दुर्घटना निम्तने वातावरण बन्छ ।
पछिल्लो क्रममा मकवानपुरमा मेडिकल कलेज खोल्ने कुरा चलिरहेको छ । यसको लागि प्रारम्भिक चरणका कुराहरु पनि शुरु भईसकेको भन्ने जानकारी आएको छ । मेडिकल कलेज खोल्नु मकवानपुरवासीकोलागि राम्रो कुरा हो तर यसको उपचारको गुणस्तरको बारेमा पनि सचेत हुनु पर्दछ । आवश्यक नीति निर्देशन समयमा नै दिई कार्यसञ्चालन गर्ने अनुमति प्रदान गर्नु पर्दछ नत्र भविष्यमा यसले अर्को ठूलो दुर्घटना न निम्त्याउला भन्न सकिदैन । हेटौडा नगरपालिका वडा नं. १ भैरवडाडा वासीले डा“डाको थुम्कै थुम्को देखाएर तीनवटा मेडिकल कलेजको जग्गाहो भनेर देखाउन थालेको छ महिना भन्दा बढी भईसक्यो । एउटाले सामान्य निर्माणकार्य शुरु गरेतापनि अन्य शान्त छ । नाम मात्रका मेडिकल कलेज हो कि साचिकै मेडिकल कलेज आउन थालेको हो त्यो बारेमा सम्बन्धित निकाय समयमा नै चनाखो हुनु पर्ने हो कि ?
स्थास्थ्य क्षेत्रकै कुरा गर्दै आ“खा उपचारको हकमा भने मकवानपुरवासीहरु भाग्यमानी भएका छन् । तिलगंगा आ“खा प्रतिष्ठानले आफ्नो शाखाको रुपमा हेटौडा सामुदायिक आ“खा अस्पताल स्थापना गरेपछि आ“खाका धेरै जसो उपचार हेटौडामा नै सम्भव भएको छ । यहि अवधारणा अनुसार अन्य रोगको पनि उपचार गर्नकोलागि सामुदायिक अस्पताल बनाउने भन्ने चर्चा पनि चलिरहेको छ । यसमा सम्बन्धित निकायहरुको मिश्रीत धारणा आईरहेको छ एक पक्षको भईरहेको जिल्ला अस्पताललाई नै स्तरोन्नती गरेर अझ प्रभावकारी बनाउनु पर्ने घारणा रहेको छ भने अर्को पक्ष पूर्ण रुपमा नविन ढंगले सेवा शुरु गर्नु पर्ने धारणा राख्दै आएका छन् ।
हाल विद्यमान सेवा सुविधामा स्तरोन्नती गर्दा विरामीहरु पूर्णरुपमा लाभान्वित हुन सक्छन ? विशेषज्ञहरु त्यहि संरचनामा कार्य गर्न ईच्छुक छन् ? र भविष्यमा विरामी मैत्री ढंगले उपचार प्रदान गर्न कटिवद्ध हुन्छन ? त्यसको बारेमा बिचार गर्नु आवश्यक छ । यसको बारेमा सम्बन्धित निकायबाट जोडदार प्रतिवद्धता आए मात्र त्यसको स्तारोन्नती गर्नु उपलब्धिमुलक हुन्छ अन्यथा जतिसुकै स्तरीकरण गरे पनि त्यसले कुनै महत्व बोक्दैन । अर्को तर्फ नया“ सरचना तयार गरेर सामुदायिक अवधारणामा अस्पताल संचालनकोलागि खर्चको बन्दोबस्त कहा“बाट गर्ने, भौतिक पूर्वाधार र अन्य उपकरणको बन्दोबस्त गर्न सम्भव छ, छैन ? केहि गरी स्थापना भए पनि त्यसको निरन्तर संचालनको ग्यारेन्टि छ, छैन ? त्यसबाट प्रदान हुने सेवा विरामी मैत्री छ छैन यसबारेमा पनि बुझनु आवश्यक छ ।
जसरी भएपनि मकवानपुरको स्वास्थ्य क्षेत्रको विकाशमा सबैको सहकार्य आवश्क छ । सरकारी निकाय, नागरिक समाज, निजी क्षेत्रबाट मकवानपुरको लागि स्वास्स्थ्य क्षेत्रको लागि मौखिक प्रतिवद्धता भन्दा पनि कार्यत्मक प्रतिवद्धताको जरुरी छ ।
सुधिर भद्र
२०६८ कार्तिक ४ गते