Thursday, September 15, 2011

स्मारकको शहरदेखि चार मिनारको शहरसम्म

पछिल्लो भाडाको यातायातको बन्दलाई पार गर्दै जसोतसो रातो प्लेटको गाडीको बन्दोवस्त गरेर रक्सौल नाकासम्म पुगीयो । भन्सार कार्यालयसंगै ठूलो हण्डिमा बनाएको पुरी तरकारीको नास्ताले पेट अलि उकालो लागेपछि रक्सौल रेल्वे स्टेशन तर्फ लिगै लिग सर्टकट म्याराथुन दिईयो । २० किलोको ट्रेकिड्ड व्याग पछाडी बोकेर पसिना पसिना हु“दा तालिमे सैनिक लाईन मिलेर हिडको जस्तो आफूलाई अनुभव आईरहेको थियो ।

पहिलो पटक लामो रेल यात्राको उत्सुकता र रेलयात्रामा हुने गरेको सुनिने घटनाको नकारात्मक असरले मनमा अलि अलि चिसो लिएर रक्सौलबाट कलकत्ताको हाउडाको लागि मिथिला एक्सप्रेस नामक रेलमा १८ घण्टे यात्राको शुरुवात गरियो । काठमाण्डौ विश्व विद्यालका प्राध्यापक उत्तम बुढाथोकी पनि हाउडा जाने क्रममा रहेकाले उहा“को सहयोगले रेलको डब्वा तथा सिट खोज्ने कार्यलाई सजिलो बनायो ।

सगौली, मुजफरपुर पार गर्दा हामीलाई बीरगंजको वातारण भन्दा कुनै पनि फरक लागेको थिएन । पहिलो पटक लामो समयको रेलको यात्रा अनि खान पिनको अनुकुलता तथा होस्टेलको जस्तो तल्ले सुताईले हाम्रो शरिर आफै कन्फूयज भईरहेका थियो । हामी खासै गोरा नभएकाले हामी संगै यात्रामा रहेकाहरुले तपाईहरु भारतको कुन ठांउबाट कहा“ जान लाग्नु भएको हो भन्ने उत्सुकताका साथ प्रश्न राख्थे । हामी नेपालबाट भनेपछि उनीहरु नेपालको बारेमा केहि जिज्ञाशा सहित प्रश्न राख्थे । थाहा भएसम्म उनको जिज्ञाशाको उत्तर दिंदै भारतीयहरु नेपाल प्रति कस्तो धारणा राख्छन भनेर हामी पनि कुरामा कुरा मिसाउ“दै जान्थ्यौ ।

२४ घण्टा एसीमा बस्ने बानी नपरकोले होला हामीलाई एसीवाला टे«नले जोडो महिनाको याद दिलाईरहेको थियो । कागजको खाममा सुत्नकोलागि दिईने सेतो तन्ना र रुमाल सायद मुख पुछ्नको लागि होला त्यसले हामीलाई नौलो अनुभव दिईरहेको थियो । प्रत्येक सिटमा राखिएको कम्वल र तकियाले हामीलाई एसीको जाडो छल्न सजिलो बनाएको थियो । रक्सौलबाट दिनको १० वजे हिडेको रेल भोलिपल्ट विहान पौने चार बजे हाउडा पु¥याएको थियो । विहान ४ वजे रिटायर हुन १ वर्षमात्र बाकी रहेका हजुबुवाको उमेरका रेलका कर्मचारीले हाउडा आया दादा, हाउडा आया दादा भनेर उठाएपछि हामी आ“खा मिचमाच गर्दै हाउरा प्लेटफार्म तर्फ ओर्लियौ ।

हाम्रा यात्राका सहयोगी प्राध्यापक बुढाथोकीकै सहयोगमा हामी २६ ओटा प्लेटर्फाम भएको हाउडा रेल्वेस्टेशनमा सहज र सरल तरिकाले वेटिड्ड एरीया तिर लाग्यौ । वातानुकुलित वेटिड्ड एरीया सुविधा यात्राको थकाई मार्नकोलागि सुविधा सम्पन्न थियो । धेरै किसिमका र धेरै ठांउका मानिसहरुको ओहरो दोहरो हुने हुंदा अलि भिडभाड थियो । हाम्रो हैदरावादको टिकट दिनको पौने १२ वजेको भएकोले हामीले त्यो समय त्यहि बिताउनु थियो । वेटिड्ड एरीयमा २ घण्टा अगावै मात्र बस्न पाउने भन्दै कपाल फुली सकेको बुढी आमा पनि हामीसंग केहि अतिरिक्त पैसा माग्दा हामलाई अलि असमान्य लागेको थियो । हामी बसेको ठांउबाट हाउडाको पुल र गंगा नदि प्रस्ट रुपमा देखिने भएको तथा हाउडाको पुलमा नै गएर फोटो खिच्न नपाउने प्रावधानको कारण हामीले टाढैबाट भएपनि हाउडाको पुल र गंगा नदिलाई पुष्ठभूमिमा राख्दै फोटो सेशन ग¥यौ ।

हाउडाबाट हैदरावादको लागि फेरी ईष्टकोष्ट ऐक्सप्रेस नामक रेलमा ३० घण्टा लामो रेलयात्रा शुरु भयो । यात्राको क्रममा भुवनेश्वरको आईसीआईसीआई बैंकमा कार्यरत नवविवाहित जोडी हामीसंगै परेको थियो उनीहरुले पनि नेपालको बारेमा आफ्नो जिज्ञाशा राखे र उनीहरुसंगै थापा थरका नेपाली मुलका भारतीय पनि कार्यरत रहेको जानकारी दिए । उनीहरुको भुवनेश्वरमा ओर्लेपछि अर्को एक मुस्लिम परिवार हामीसंगैको सिटमा आईपुगे । शायद उनीहरु छोरीलाई घरबाट लिएर माईत जादै थिए । दुवईमा काम गर्ने ज्वाई भएर होला छोरी र नातिनिको लुगा लगाई अलि महंगै शैलीको थियो । साउको भन्दा व्याजको माया भने जस्तै ३ वर्षिय नातिनी जुवेदालाई हजुरबुवा र हजुरआमाले निकै पुलपुल्याएको जस्तो देखिन्थ्यो । उनले हामीलाई मुन्नी वदनाम है र सिलाकी जवानी गीत सुनाउ“दै यात्रालाई अलि रमाईलो पार्दै थिईन । हामीलाई यो गीत बालबालिकाहरुको माझ युनिभर्सल नै छ कि क्या हो जस्तो पनि लाग्यो ।

रेल यात्राको क्रममा बेला बेलामा बेच्न ल्याउने बिभिन्न खानेकुरा खाने अनि कागजमा प्याक गरेर ल्याईएको भारतीय स्वादको दाल भात खानु बाहेक हाम्रो अर्को काम पुस्तक पढनु पनि थियो । रेलमा यात्रा गर्दा पुस्तक लानुस है भन्ने प्रद्युम्न मार्सावको सल्लाहबाट युग पाठकको उर्गेनको घोडा पनि राखेकोले हाम्रँे यात्राको समय कटाउन यसले पनि महत्वपूर्ण कार्य ग¥र्यो । उर्गेनको घोडा पढदा उपन्यासका पात्र म्हेन्दोसंगै जनयुद्धमा शालिन स्वभावका रुपमा मैले चिनेको उपन्यासकार युग पाठकपनि कम्व्याड ड्रेसमा आक्रमक ढंगमा हातहतियार सहित रणभूमिमा भिडेको जस्तो मलाई अनुभव भईरहेको थियो ।

भारतको विहार, उत्तरप्रदेश, उरीसाको सिमा पार गरी आन्ध्रप्रदेशको हैदरावाद पुग्दा बरौनी, भुवनेश्वर, विशाखापटनम, विजयवाडाजस्ता नामचलेका शहरहरुलाई छुदै रेल यात्रा अगाडी बढेको थियो । यात्राको क्रममा हामीले दुईकिसिमका भारतीयहरको व्यवहार पाएका थियौ । एउटा अति सभ्य प्रकृतिका जो सम्बादको क्रममा प्लीज, थ्याकंयू र एक्सयुजमिका् समिश्रण गरेर व्यवाहार गर्थे भने अर्को प्रकृति केहि नजानेका होईनन अलि अलि जानेका आदरआर्थक भावले बोल्न खोज्ने तर आफ्नो पुरानो संस्कृति विस्तारवाद संस्कृतिको प्रयोग गर्दै रेलको सिटमा समेत प्रभाव पार्न खोजेको थियो ।

सांझ ७ वजे हामी पहिलो पटक हैदरावाद ओर्लिएपछि हामीले अग्रीमरुपमा बुक गरिएको द्वारका होटल तर्फ हानियौ । हामी रेलको टिकटको कारणले कार्यक्रम शुरुहुने भन्दा एक दिन अगाडी पुगेकोले हामीले पहिलो दिनलाई भ्रमण दिनको रुपमा लिएर हैदरवाद भ्रमणमा जाने योजना बनायौ । हामीलाई हेटौडामा घुम्ने ठाउ“ के के छ भन्दा सामुहिक रुपमा भन्ने शहिद स्मारक भनेजस्तै त्यहि प्रश्न त्यहाका होटलवालाई सोध्यो उसले रामुजी फिल्म सिटी, लुम्बिनि पार्क, हुसेन दह ,चार मिनार, ग्लोकोण्डा फर्ट, कार म्युजिम, जियोलोजिकल पार्क, अकवर मस्जिद, विरला टेम्पल जस्ता नामको फोहरिस्त लगायो । हामीलाई छोटो समयमा धेरै ठांउमा घुम्नु परेको तथा धेरै फिल्म सुटिड्ड हुने भनेर चिनिएको रामुजी फिल्म सिटी पुगेर फर्केर आउ“दा अरु कुरा पनि हेर्दै आउने सल्लाह ग¥यौ ।

निकै बेरको भाडाका टेम्पो वाला र कारवालासंगको मोलमलाई पछि हामीले पाको उमेरका एम्बेस्डर कार चालकसंग रामुजी फिल्म सिटी गयौ । करिव करिव हेटौडा नगरपालिकामा जत्तिकै क्ष्ँेत्रमा फैलिएको रामुजी फिल्म सिटी एक पटक हेर्ने नै ठांउ जस्तो लाग्यो । शुरुमा हामीलाई प्रवेश टिकट ६ सय रुपैया तिर्नु पर्दा अलि महंगो लागे पनि त्यसको व्यवस्थापनले उक्त खर्च फर्चौट भए जस्तो लाग्यो । भाडाको सवारी साधन बाहिर राखे पछि पार्ककै बसले एक ठांउमा लगेर घुम्न छोडने त्यहा“ घुमि सकेपछि फेरी अर्को गाईड सहितको शिसा रहित खुला बस आएर फिल्म सुटिड्डका लागि तयार पारिएको बिभिन्न सेट र उक्त क्ष्ँेत्रमा सुटिड्ड भएका फिल्महरुको नाम लिंदा हाम्रा मानसपलटमा हेरिएका ति फिल्महरुको दृश्य पनि आएको थियो । सबैभन्दा राम्रो कुरा के थियो भने त्यत्रो ठूलो क्षेत्र भए पनि ठा“उ ठा“उमा आरओ प्रविद्धिद्वारा शुद्ध गरिएको र स्वचालित रेफ्रिजेरेटरले चिसो गरेको पानीको व्यवस्थापन निकै राम्रो लाग्यो । मानव निर्मित कृतिम कुराहरुको त बयान गरेर शाध्य छैन ।

रामुजी फिल्म सिटीको घुमाईपछि फर्केर आउदा हाम्रो सवारी चालकले हामीलाई हैदरावादका तत्कालिन सुल्तान मोहम्मद क्वाली कुताव शाहले सन १९५१ मा बनाएका चार मिनार, हजरत हुसैन साह वालीले सन १५६२ मा बनाएको हुसैन दह लगायत चुरी बजार, अकवर मस्जिद, लुम्बिनी पार्क, विरला टेम्पल घुमाउ“दै होटलमा ल्याएर छोडेको थियो । चार मिनारमा हाम्रै क्यामेराले चार मिनार सबै आउने गरी फोटो खिच्दिन्छु मात्र पा“च रुपिया दिनु भन्दै एक व्यक्ति आएर हाम्रो फोटो बिभिन्न पोज दिएर खिच्न लगाए । अनि उनले प्रति फोटोको पा“च रुपैयाको दरले हामीसंग पैसा मागेको देख्दा हामी अवाक भर्यौ । हुसैन दहको मध्य भागमा ठूलो बुद्धको मुर्ति अनि त्यस संगैको पार्कको नाम लुम्बिनी पार्क राखेको देख्दा हामीलाई खुशी लाग्यो । लुम्बिनी पार्कका एलसीडी प्रोजेक्टरद्वारा पानीको छालमा देखाईएको हैदरवादको ईतिहास र अन्य मनोरन्जनात्मक कार्यक्रम अत्यन्त आकर्षक थियो । गणेश महोत्सवको अवसर भएकोले हैदरावाद पुरा गणेशमय भएको थियो । बाटो बाटोमा नाच गान गर्दै बडेमानको गणेशको मुर्ति अगाडी राखेर पुजा आजा गर्दै थिए ।

४ दिनको वसाईमा विहान बेलका फुर्सत हुने भएकोले हामी यसो बाहिर तिर घुम्न जांदा त्यहा प्रचलित खाना तथा नास्ता ईडली, डोसा, उपमा, चपाठीसंग हाम्रो निकै जम्काभेट हुन्थ्यो हामीलाई घरको दालभातको निकै न्याश्रो लागेको थियो ।  हेटौडाको त के तुलना गर्नु काठमाण्डौ भन्दा निकै विकसित शहर भए पनि काठमाण्डौ र हैदरवादमा एउटा मिलन थियो त्यो के भने नदिको पानीमा भएको प्रदुषण त्यहाका साना तिना नदि नजिक आउ“दा ठ्याक्कै बाग्मति र विष्णुमतिको गन्ध हामीलाई सम्झाउथ्यो । अनि काठमाण्डौमा ट्याक्सीवालाले नजिकको ठाउ“मा मिटरमा जान नमानेर मनलाग्दी भाडा लिए जस्तै त्यहा पनि भाडाका ट्याम्पोवालाको त्यहि शैली देखिन्थ्यो ।

शहरी व्यवस्थापन, सडकको मर्मत सम्भार सरसफाई, ट्राफिक व्यवस्थापन एवम् पयर्टन प्रवद्र्धनका लागि गरिएका कार्यहरु हैदरवादका स्रहानिय छन् मुस्लिम र हिन्दु जातिहरुको मिश्रित रहेको हैदरवादमा पाईयो जुन जाती भएपनि तेलगु भाषा त्यहा जोकोहीले बोल्ने गरेको हामीले पायौ । अन्य युवा युवतीहरुसंगसंगै कालो बुर्काका मुस्लीम जोडीहरु पनि पार्कहरु डेटिड्ड आउने र मोटरसाईकलमा यात्रा गर्ने शैली देख्दा पनि पश्चिमि प्रभाव राम्रोसंग परेको होकी भन्ने हामीलाई कता कता लागेको थियो ।

३ दिनै औपचारीक कार्यक्रम पश्चात हाम्रँे यात्रा पुन हैदरावाद हाउडा र हाउडा रक्सौल हु“दै लामो रेलमार्ग पुन पार गर्दै हेटौडा सम्म आईपुगी हाम्रँे मुलुक बाहिरको यात्रा पुरा भयो ।



सुधिर भद्र
२०६८ भाद्र २७ गते