Tuesday, May 3, 2011

रामेश्वरमको मिठाई,मख्खनको कपडा पसल र एक पाउ जेरी

रामेश्वरम न्यूरोडको ठूलै  मिठाई पसलहो विशेषगरी भारतको प्रख्यात मिठाई कम्पनिका मिठाईहरु यहां पाईन्छ । मिठाई मात्र हाईन मिठाईलाई आकर्षित गर्न त्यसको प्याकेजिगं पनि त्यस्तै ढगंले गरिएको छ विशिष्ट श्रेणीका विशिष्ट मुल्यका मिठाईहरुमा यहां पाईनेहुनाले यहां विशेषगरी धनाढ्य मारवाडि समुदाय तथा सभ्रान्त नेपालीहरुको चहलपहल वढि हुन्छ । आमाको मुख हेर्ने दिनको लागि  निकै ठूलो लावा लस्कर त्यतै तिर मिठाई किन्नको लागि हानिदै थिए  महगां महगां कार चढेर हातमा मोवाईल फोन हल्लाउदै आमाको च्वाईस अनुसारको मिठाईको खरिद भैरहेको त्यो ठाउंमा मातृ वासल्यको राम्रो उदाहरण पाउन सकिन्थ्यो । आमालाई तपाई भन्दा पनि अझ प्यारो गरेर तिमि भनि सम्वोधन गरि आधुनिकताको परिचय दिदै थिइन त्यहा केहि केहि विदेश भ्रमण गरी सक्नु भएका नेपाली छोरीहरु आफनो आमालाई आफनो च्वाईस अनुसारको मिठाई किनिदिदै थिईन । आमा आफनो मुजा परेको गाला च्यातेर केहि लजालु मुस्कान फालेर सारीको साटो कुर्ता सलवार लगाएर मोर्डन मामु वनेर छोरीलाई आफनो फर्माईस सुनाइरहनु भएको थियो, वास्तवमा नै हेरिरहु लाग्ने त्यो आमा छोरीको माया प्रेम थियो ।

चाड एक तर मान्नु पर्ने अनेकले खासमा त्यसै दिन त्यही चाडको लागि रामेश्वरम भन्दा अलिक पर मख्खनको सुरज आर्केड भन्दा अगाडी रहेको कपडा पसलमा आमाको लागि सारी छान्ने काम भै रहेको थियो छोरी आफनो गच्छेले भ्याए सम्म आफनो आमालाई  सारी किन्दिन खोज्दै थिईन सकेसम्म राम्रो तर सस्तो  सारी देखाउनुस न साहुजी भन्दै  आफनो मनको वह र सामथ्र्यता प्रष्टयाउदै थिईन ।

रामेश्वरमको मिठाई पसल देखि सुरज आकेर्ड सम्मको मातृवासल्यलाई मरुटोलमा कोठा भाडामा लिएर वसेका धादिगंका ठूले भरियाका कान्छि श्रीमतीले राम्ररी जिस्काई रहेका थिए । त्यो चाड उनको पनि थियो त्यसैकारण हिजो वूढाले वचत गरी राखेको पचास रुपैयावाट उसलाई आमालाई मिठो मिठो कुरा खुवाउनु पनि थयो र राम्रो लुगा किन्दिन पनि थियो । उसले गहन विचार पश्चात मनुचा हलुवाईको पसलमा गएर एक पाउ जेरी लिईन र रामपुकारका गई एक पत्ता  टिका किनेर आमालाई लगिदिने विचार गरिन । उसले देखाउन खाजेको माया उसले ल्याएका उपहार भन्दा कयौ गुना वढि थियो ।
सवैले मान्नु पर्ने चाड एउटै तर सवैको स्थिति एउटै नहुनु आखिर सवैको मनै त रहिछ कसैले रामेश्वरममा चित्त वुझाई रहेका छन भने कसैले साधारण कपडामा भने कसैले एक पाउ जेरीमा ,सवै खुशीछन आफनो आमालाई खुशी गर्न पाएकोमा । सवैको सामथ्र्य रामेश्वरममा गएर मिठाई किन्न सक्ने भईदिएको भए हाम्रो वजार पनि पक्कै पनि ठूलै वजार हुन्थ्यो होला , वजाको स्तर पनि अन्तराष्ट्यि स्तरमा पुग्थ्यो होला अनि अहिले ग्राहक कुरेर वस्नु परेको व्यापारीहरु सामान दिएरै भ्याउदैन थिए होला र अनि  कति रमाईलो हुन्थ्यो होला सवैका आमाहरुलाई उनीहरुका सन्तानले भनेको जति खुशी दिन सकेमा अझ कति के के हुन्थ्यो होला के के हुन्थ्यो होला ।

सुधिर भद्र
२०६१ बैशाख