Monday, July 30, 2012

भय रहित सिकाई


मामा आज पिन्टु भाईले पिटाई खायो !!  ११ वर्षकी भान्जिले कराउदै भाईको कुरा सुनाउदै थियो । उनीहरु पढने स्कुलमा पढन र पढाउनकोलागि प्रयोग हुने एउटै तत्व थियो लठी । उनीहरु मध्ये होमवर्क नगर्ने ले पनि पाउने सजाय लठी नै थियो । गल्ति काम गरेकोले पाउने सजाय पनि लठि नै थियो । शिक्षकहरुलाई बिद्यार्थी तह लगाउने एउटै माध्यम थियो लठी ।
विद्यालयमा मासिक पैसा तिर्न जाने क्रममा शिक्षक मित्रलाई बच्चाहरुलाई देखाउने डरको बारेमा लामो मलाकुसारी हुंदा उनी कस्सिएर भन्दै थिए बच्चाहरु अलि अलि डर नदेखाए मान्दै मान्दैनन् के गर्ने । उसलाई केहि समय अगाडी एउटा गैर सरकारी संस्थाको सक्रियतामा अव देखि स्कुलमा लठीको प्रयोग नगर्ने भनेर लठी भाचेको स्मरण गराउंदा उनी अलिकति ग्लानी महशुस गर्दै स्पष्टिकरण दिदै थिए “हामीहरुलाई पनि बच्चाहरुलाई पिटन त्यत्ति मन त लाग्दैन तर तह नै लिन गाह्रो छ के गर्ने” उनले आत्मसमपर्णको शैलीमा सुनाए ।
साधारणतया हाम्रो जस्तो समाजमा जन्मेको २ वर्षदेखि बच्चाहरुले पिटाईको अनुभव गर्न पाईसकेका हुन्छन् अझ छोरी बच्चाहरुको हकमा त त्यो भन्दा पनि चाडो हुन सक्छ । हाम्रो हालसम्मको विद्यमान समाजमा पनि छोरा बच्चा भन्दा कम प्राथमिकतामा छोरी बच्चा परेको कुरालाई नकार्न सकिदैन । बच्चा रुदा, खान मन नगर्दा, धेरै चल्दा आमा वा अरु स्यहार गर्ने मानिसको झापडको स्वाद चाखि सकेको हुन्छ । त्यहि क्रमको निरन्तरता उनीहरु ठूलो हुंदासम्म पाउ“दै जान्छ । जसको निरन्तरता विद्यालयमा पनि पाउछ । राम्रोसंग पढनकोलागि शिक्षकको लठीको डर, होमवर्क गर्नकोलागि शिक्षकको कान निमठाईको डर, अरु साथीसंग नचलेर बस्नकोलागि शिक्षकको डस्टरको डर विद्यार्थीकोलागि अपरिहार्य भईसकेको हुन्छ ।
औलामा गर्न सकिने केहि परिवार बाहेक अन्य जतिसुकै शिक्षित परिवारमा पनि केटाकेटीहरुले पिटाई खाने कुराको शुरुवात आफ्नै घरबाट गरेको हुन्छ । शुरु शुरुमा उनीहरुलाई पिटाईको केहि डर लागेता पनि यसको धेरै अनुभव भएपछि यसले पनि काम गर्न छोडछ अनि बालबालिकाहरु गलत संगतको शिकारमा पर्न सक्ने सम्भावना धेरै हुन्छ । मुखले मात्र गालि गरेर बच्चाहरु तह लगाउने र मुखको भरमा नै बच्चाहरु तह लागेर बस्ने बच्चाहरु पाउन निकै गाह्रो छ ।
एक विदेशी दम्पत्तिसंगसंगै उनीहरुका ३ वर्षिय छोरी र ५ वर्षिय छोरासंग एकहप्ता संगै बस्ने मौका पाईएको थियो । एक हप्तासम्म उनका छोराछारी हाम्रै घरतिरका केटाकेटिहरु जस्ते चल्थे, दाजु बहिनी जिस्कन्थे, बहिनीले दाजुको बारेमा आमालाई कुरा लगाउथे, भुईमा खेलेर उनीहरुको लुगा फोहर भएको हुन्थ्यो । यति हु“दा हु“दै पनि उनीहरुको आमाले उनीहरुलाई कहिल्यै ठूलो स्वरमा झर्केर बोलेन । कहिल्यै एक झापट पनि पिटेन । सारै गल्ति ग¥र्यो भने उसले विस्तारै नजिक गएर जस्ले गल्ति गरेको हो उसलाई सरी भन्न लगाउथ्यो । उस्ले सरी नभनेसम्म त्यहि कुरा दोह¥याउथ्यो । बच्चाहरु पनि आमाले धेरै टक भने पछि शिर निहु¥याएर बिस्तारै सरी भन्थ्यो । त्यसकोलागि उनलाई कहिल्यै ठूलो स्वरमा बोल्नु परेन र कहिल्यै बच्चाहरुलाई पिटनु परेन ।
हाम्रा बच्चाहरुले आमाको पेटबाट बाहिर निस्केको केहि समय देखिनै ठूलो स्वरमा आमाको आज्ञा सुन्नु परि सकेको हुन्छ । बच्चाहरुलाई गालि गर्नु पर्ने कारण पत्ता लगाउनु भन्दा पहिल्यै बच्चालाई डर देखाएर उनीहरुलाई चुप लगाउनु हाम्रँे नियति नै भईसकेको छ ।
विदेश तिर पढाईको शुरुवात गर्दा पनि उनीहरुको आफ्नो रुची र देखेर चिनेर पढाउने शैलीको विकास विकसित देशहरुमा देखिन्छ । उनीहरुलाई वज्ञानिक ढंगबाट अंक र अक्षरको बारेमा ज्ञान दिएपछि मात्र सैद्धान्तिक हिसावले पढाईन्छ । यसको केहि शुरुवात हामीकहा पनि शुरुवात भईसकेको छ । किनर गार्डेन र इसीडी मार्फत विद्यालयहरुमा यो शैली शुरुवात गरीएको  छ ।
विद्यालयहरुले बाल मनोविज्ञानलाई आधार मानेर शिक्ष्ाँ दिनकोलागि किरन गार्डेन र इसीडीको शुरुवात गरेपनि हाम्रो समाजका बालबालिकाहरुका अंधिकाश घरमा नराम्रो काम गर्नु हुंदैन भन्ने ज्ञान भन्दा पनि नराम्रो काम गरे पिटाई खाईन्छ भन्ने मनमस्तिष्कमा परेको छ । त्यसको शुरुवात बालबालिहरुलाई पढाउने शिक्ष्ँक र विद्यालयमा भय रहित सिकाईको विगुल फुक्नु भन्दा पहिला बालबालिकाको घर परिवारमा नै पुगी भय रहित सिकाईको परामर्श गर्नु पर्ने आवश्यकता देखिएको छ ।

सुधिर भद्र
२०६९ श्रावण ९ गते

Tuesday, June 12, 2012

ल्वाप्पा ख्वाईगो संविधान सभाले !!


तेजबहादुर थिगं, उत्तरी मकवानपुरको विकट आग्रा चौवासका पुराना बासिन्दा हुन । हेटौडा वर्षको ५,६ पटक उनको ओहरदोहर हुन्छ । गाविस नजिकै उनको घर भएकोले उनलाई गाविसको योजना, अनुगमन, मुल्याड्डकन, दलिय संयन्त्र, परीषद आदि धेरै कुराको ज्ञान पनि छ । उनै तेजबहादुरसंग एक दिन गाविस सचिवको निम्तोमा नाम चलेको होटलमा नास्ता खाने मौका पाईएको थियो । टायल लगाएको होटलको भूईमा उनको डाडा“बासको चिसो माटो टासेको चप्पल चिप्लन खोज्दै थियो । उनी संयमित भएर पाईला चाल्दै थिए ।

टेबलमा बसियो, नास्ताको अर्डर भो, गर्मीलाई तत्काल कम गर्नकोलागि लस्सी खाने सल्लाह भो । केहि समय पछि आएको लस्सी गर्मीले मातेको जिउलाई शान्त गराउन सबैले हतार हतार आफूतिर तानेर खान थाले । तेजबहादुर दाई अल्मलिए, शिशाको गिलामा सेतो झोल देखे पछि गा“उमा सिल्भरको कचौरमा हालेर पिएको छयाड्डको उनलाई याद आयो । कसरी खाने भनेर सोच्दै मात्र थिए उनकै गा“उका एक चल्ता पुर्जा चन्द्रबहादुर दाईले तामाड्ड भाषामा “पाईपसे सोलगो”पाईपले तानेर खानु पर्ने कुरा सम्झाई दिएपछि उनको लस्सीपान शुरुभयो ।

नास्ताले पेट उकासीदै गएपछि राजनैतिक गफ शुरु हुन थाल्यो । संविधान सभाको विषय अहिले हट केक भएकोले तेजबहादुर दाईको यस विषयमा विचार बुझ्न मन लागेर सोधे “दाई तपाईलाई संविधान सभा भनेको के थाहा छ ? उनले टाउको हल्लाए । अनि एक छिन चुप लागेर बसे पछि अलि कड्किएर उत्तर दिए “ल्वाप्पा ख्वाईगो संविधान सभाले के गर्नु संविधान सभाको बारेमा जानेर” यहि संविधान सभाकोलागि भनेर गा“उमा १२÷१२ वर्षसम्म हामीले कति दुःख सहेर बस्यो त्यो कुरा हामीलाई थाहा छ । अव त अलिकति राम्रो होला भन्यो फेरी उही चाल छ नेताहरुको खै के गर्ने उनको निराशापन संगै निधारबाट पसिना पनि छुट्दै थियो ।

संविधान सभाले तेजबाहादुर दाईलाई मात्र ल्वाप्पा ख्वाको होईन समस्त नेपालको हित चहाने नेपालीहरुलाई ल्वाप्पा ख्वाएको छ । सर्वसाधरण नेपालीले जेठ १४ पछि को नेपालको कल्पना अर्कै गरेका थिए । उद्यँेगी व्यवसायीहरु लगानीका नया“ योजनाहरु कार्यान्वयन गर्न आतुर थिए । विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न पाईला उठाउ“दै थिए । बन्द र हडताल सदाकोलागि बन्द हुने आशहरु त्यसै त्यसै गर्भमा नै तुहिएर गए ।

धरै नेपालीहरुका धेरै आशाहरु ६०१ जना सभासदहरुको जिम्मामा पठाएका थिए । उनीहरुले केहि न केहि ल्याउने आशमा थिए । तर विचरा सभासदहरु उनीहरु आफै आफ्नै दलका ठूला नेताहरुको बन्धनमा परे । उनीहरुले चाहेर नचाहेर केहि गर्न सकेनन । खाली माथिल्लो निकाएले गरेको निर्णयको साक्षी बस्नु बाहेक उनीहरुको केहि काम भएन् । दुईचार वर्ष स्थानीय स्तरको प्रमुख अतिथि र अतिथि भएर भाषण ठोक्ने काम मात्र भयो । कोहि कोहि गलत धन्धामा लागेर आर्थिक लाभ गर्न तर्फ व्यस्त भए । कोहि महिनाको ४० हजार पारीश्रमिकमा रमाउनमा नै व्यस्त हुन थाले । कोहि समिति र उपसमितिमा झगडा गर्नमा नै व्यस्त हुन थाले । कोही आफ्नो आसेपासेलाई राम्रो ठा“उमा जागिर खुवाउन र आर्थिक लाभ वाडनमा नै व्यस्त हुन थाले ।

दुईचार वर्षको शहर वसाईपछि अव उनीहरुलाई गा“उ फर्कनु परेको छ । फेरी नया“ आशाहरु बाड्नु परेको छ । फेरी आसेपासेहरुको झुण्ड जम्मा गरेर देश दर्शनको चर्चा गर्नु परेको छ । के गर्नु अव फेरी चुनाव आउदैछ नि, चुनाव नै राजनीतिज्ञहरुको ठूलो परीक्षा हो । देश दर्शन, साम, दाम, दण्ड जे प्रयोग गरेर भए पनि चुनाव त जित्नै पर्छ । फेरी धेरै आशा बोकेका जमातहरु फेला पार्नु छ ।उनीहरुको आशालाई प्रतिवद्धता व्यक्त गर्दै सदासयता प्राप्त गर्नुछ । जेगरी जसरी भएपनि आम नेपाली जनताको चाहना संविधान सभाबाट बन्ने संविधान चाडो भन्दा चाडो नेपाली जनताको हातमा आओस, फेरी फेरी पनि संविधान सभाले ल्वाप्पा नखुवाओस ।

सुधिर भद्र
२०६९ जेठ २९ गते

Thursday, May 24, 2012

म पनि नेपाली


गत साता एक नेपाली कपडा व्यवसायी र अर्का मारवाडी कपडा व्यवसायीसंग सानो कुरामा असमझदारी भयो । असमझदारीलाई दुवै पक्ष्ँका व्यवसायीहरुको सामुहिक प्रयासमा सामान्य बनाउने प्रयास गरीयो । दुवै पक्ष्ँ वाहीरी रुपमा समझादरी भएपनि भित्री रुपमा उनीहरुको दुवैको मनमा परेको चिसो सामान्य हुन सकेको थिएन । एकजना मारवाडी व्यवसायीले आफ्नो दुखासो पोख्दै भने हाम्रा बाउ बाजे भारतीय मुलका होलान तर हामी यही जन्मेका, यही हुर्केर यत्रो भईसक्यौ तर पनि हामीलाई समाजले पूर्णरुपमा नेपाली भनेर पत्याउन सकेको छैन । सधै हामीलाई भेदभाव हुन्छ सधै हामी हेपिन्छौ ।

एक किसिमको जातीय विभेद हामीले अनुभव गर्नु परीरहेको छ । हामी स्कुल यही पढ्यौ, कलेज यही पढ्यौ, हाम्रो सम्पूर्ण जीवन यहि बित्दै गईरहेको छ तर पनी कहिले कहिले यस्तो विभेद देख्दा हाम्रो मन रुन्छ । हामी व्यवसायीक कारोवारको सिलसीलामा भारत तथा अन्य मुलुकमा जान्छौ हामी गर्वसाथ हामी नेपाली भनेर हाम्रो परीचय दिन्छौ, देश विदेशमा कार्य गरी रहेका नेपालीहरु देख्दा हामीलाई निकै खुशी लाग्छ । तर हाम्रै मुलुकमा त्यसमाथी पनि आफ्नै शहरमा दोश्रो दर्जाको व्यवहार सहनु पर्दा धेरै दुःख लाग्छ । ब्राम्हण तथा दशनामी सामाजको नेपाल वन्दको दोश्रो दिनमा ती मारवाडी व्यवसायीले सुनाएको दुखेसो सुनेर अलि कति सोच्न वाध्य तुल्यायो ।

हामीकहा वास्तवमा नै जातीय विभेदका कारण कुनै पक्ष्ँ पिडित भएर बसीरहनु परेको छ त ? साच्च नै उनीहरुको आत्मसम्मानमा चोट परेको छ त? यदि यस्ले जरा गाड्दै जाने हो भने भविष्यमा अर्को नकारात्मक घटना घटाउन सक्ने सम्भवना पनि बढि हुन्छ होला । पृथ्वीनरायण शाहले २२ से र २४ से राज्यलाई एकिकरण गरेको नेपाल  अहिले फेरी त्यहि ढंगमा चिरा चिरा पर्न थालेको घटनाक्रमहरु देखिरहेका बेला यस्ता कुराले थप नया संकट ल्याउने सम्भावना देखिएको  छ ।

सवैभन्दा पहिला नेपाली अनिमात्र नेवार, तामाड्ड, वाहुन, क्षेत्री, मारवाडी, मधिशे, दशनामी आदि ईत्यादी हुन भन्नेकुरा सबैले बुझेको भएतापनि कसै कसैको निहीत स्वार्थमा यहा जातिय विभेद ल्याउने संस्कृतिको विकास भईरहेको छ । अन्य जात जातीको उदगम् जहा भए पनि उनीहरु नेपाली नै हुन भन्नेमा छ । तर मारवाडी र मधिसे समुदायहरुका धेरै धर्मसंस्कार र पारीवारीक नाता कुटुम्ब पनि छिमेकी राष्ट्रमा बढि हुने गरेको कारण उनीहरुको नाम दक्षिणी छिमेकी राष्ट्रसंग वढी जोडिएर आएको पाईन्छ । यो भन्दैमा उनीहरुलाई नेपाल प्रति माया छैन, उनीहरु नेपालका पहिलो दर्जाका नागरीक होईनन् भन्ने भावना विकास हुनु राम्रो हाईन होला ।

जुन पनि सम्प्रदाय जात जातीमा राम्रो नियत र नराम्रो नियत विचार भएका मानिस वा मानिसहरुको झुण्डहरु हुन्छन । यसले गर्दा समग्र समूहलाई नै लक्षित गरी उनीहरुलाई पक्ष्ँपात गर्नु सान्दर्भिक हुदैन होला । यसो भन्दैमा सानो भन्दा सानो कुरामा केन्द्रित भएर हामी मारवाडी वा मधेशी भएर नै हामी पक्ष्ँपातमा परेका हौ, हामीलाई दोश्रो दर्जाको रुपमा लिईएको छ भन्ने मान्यता त्यस समुदायले लिनु पनि उपयुक्त हुदैन । एउटा तामाड्डले तामाड्डलाई वा एउटा वाहुनले अर्को वाहुनलाई पिटदा वा गाली गर्दा त्यहा कुनै जातीय सम्प्रदायीकता वा जातीय भेदभावको कुरा आउदैन तर एउटा बाहुनले मारवाडीलाई वा एउटा नेवारले अर्को क्षेत्रीलाई गाली गलैचा गर्दैमा वा हातपात गर्दैमा त्यहा जातीय वा सम्प्रदायीक कुरा ल्याउनु ठूलो मुर्खता हो । जसको शुरुवात छटपुटका केहि घटनाहरुबाट देखिन थालेको छ ।

बन्दकै सन्दर्भमा यस भन्दा अगाडीको बन्दमा ब्राम्हन, क्ष्ँेत्री, खस, दशनामीहरुले शंक फुक्दै ठूलो बन्दको प्रचार प्रसारकोलागि मसाल जुलुश निकालेका थिए ठिक त्यसै गरी तामसालिड्ड र अन्य जनजातिहरुले पनि बन्दको पूर्व सन्ध्यामा त्यसैगरी चोक चोकबाट ठूलो समूहमा मशाल जुलुश निकाले । कसै कसैमाथि हातपान भएको पनि सुनिएको छ । मशाल जुलुश बन्द लाई नै प्रतिश्पर्धात्मक रुपमा लिईन थालेको देखिएको छ । यस्ता जात जाती विचको सहिषणुतामा बिस्तारै आ“च आउनु लाग्यो भने भविष्यमा ठूलो दुर्घटना निम्त्याउन सक्छ । यस्तै घटनाक्रमले निरन्तरता पाउंदै गयो भने भारत र पाकिस्तान छुट्टीदा शिख र मुस्लिम सम्प्रदाय बीच भएको साम्प्रदायिक घटना नेपालमा पनि नदोहरियला भन्न सक्निन ।

सवै जात जाती, धर्म वा सांस्कृतीका आ—आफ्नै मुल्य र मान्यताहरु छन् । उनीहरु आ—आफ्नै क्षेत्रमा धेरै महत्वपूर्ण छ । त्यसकारण हामी सबैले म कुन जातीय वा सम्प्रदायको हु भन्दा पनि म पनि नेपाली हु र हामी सबै नेपाली हौ भन्ने सोच्ने बेला आएको छ ।

सुधिर भद्र
२०६९ वैशाख ३० गते
sudhrihtd@yahoo.co.uk

Friday, May 18, 2012

सल्लाहकारको नियती


दैनिक कार्य संचालनमा सहजता प्रदान गर्नकोलागि घोषित तथा अघोषित रुपमा सल्लाहकार राख्ने प्रचलन देखिन्छ । कतिपय अवस्थामा सल्लाहकारका विचार र निर्देशनहरुले प्राथमिकता पाएका हुन्छन भने कतिपय कुराहरुमा त्यसले प्राथमिकता पाउन सकेको हुंदैन । सल्लाहकारको सल्लाहले कुनै काम सफल भएमा सल्लाह लिने व्यक्ति सबैभन्दा बढि प्रफुल्लित हुन्छ भने त्यसले सकारात्मक सन्देश दिन सकेन भने त्यसको दोष सल्लाहाकार प्रति बढी आउ“दछ ।

सल्लाहकारले सल्लाह दिदा जसलाई आफूले सल्लाह दिई रहेको हुन्छ उ प्रति अरुले हेर्ने दृष्टिकोण र  उनको काम कारवाहीबाट पर्न सक्ने असरको बारेमा राम्रोसंग नियालेको हुन्छ । राम्रा राम्रा कुरा गरेर अगाडी खुशी पार्ने र त्यसको पछाडी पर्ने बित्तिकै उनको काम कारवाहीको बारमो नकारात्मक सन्देश दिन सक्ने संस्कार भएको बारेमा सल्लाहकार सतर्क हुनु पर्दछ र सतर्क पनि बनाउन सक्नु पर्दछ । सल्लाहकारले जहिले पनि भविष्यमा पर्न सक्ने नकारात्मक असरको बारेमा सजग गराउनु उनको दायित्व हो । तर भविष्यको सजगतालाई सल्लाह लिने व्यक्तिले नकारात्म्क सोच लियो भन्न थाल्यो भने त्यो भन्दा बढि पिडा सल्लाहकारलाई अरु ठूलो नहोला ।

सल्लाहकारको जिम्मेवारी सम्हाली सकेपछि भविष्यमा आउन सक्ने सकारात्मक नकारात्मक परिणमको बारेमा सोच्नु उसको प्रमुख दायित्व हुन आउछ । सकारात्मक परिणाम आउछ भने त्यसको प्रभाव कस्तो पर्दछ । साथै नकारात्मक परिणाम आएको त्यसको असर कस्तो हुन्छ, सकारात्मक परिणाम आउने कार्य हरुलाई अझ कसरी लोकप्रिय बनाउन सकिन्छ भन्ने बारमो सोच्नु पनि सल्लाहकारको जिम्मेवारी हो । नकारात्मक परिणामको बारमा पनि सल्लाहकारहरु घोत्लिनु पर्दछ । दैनिक क्रियाकलापमा गरीने बिभिन्न आनी बानी व्यवहार र त्यसबाट आफू प्रति आम मानिसले सोच्न सक्ने बिचारको बारेमा पनि सजग रहनु पर्दछ । सामाजिक संस्कार, मुल्य मान्यता एवम् रीति तिथिको पनि कदर गरी आफ्नो व्यवहारमा परीवर्तन ल्याउनु पर्दछ।

हाम्रो सामाजिक संस्कार अहिले पनि वर्तमान विश्वको भन्दा घेरै पछाडी भएकोले त्यसकाबारेमा पनि बुभ््mनु जरुरी छ र सल्लाहकारले पनि बुझाउनु पर्ने आवश्यकता छ । सघै राम्रो नराम्रो कामको सदैव राम्रो गर्नु भयो भन्ने सल्लाह पुग्न थाल्यो भने त्यसको परिणाम नराम्रो हुन्छ ।

हामीका पनि सल्लाहकारहरुको कमि छैन राष्ट्रपति देखि प्रधानमन्त्री र दलका ठूला नेताहरुका आ—आफ्नै सल्लाहकारहरु छन् । उनीहरुले कसरी महामहिमहरुको कामको मुल्यांकन गरेर सल्लाह दिई रहेका हुन । उनीहरुको सल्लाह मानिएको छ कि छैन होला । वा कहिलेकही उनीहरुको सल्लाहलाई पनि नकारात्मक सोच भनेर फ्याकिएिका छन् होला । जे होस सल्लहकारको दायित्व ईमान्दारीपूर्वक वस्तुस्थितिको विश्लेषण गर्नु पर्ने हुन्छ । त्यसको सम्भावित परिणाम र त्यसका समाधानका उपायहरुबा बारेमा पनि सोच्नु पर्ने हुन्छ । र सल्लाह लिने ले नकारात्मक सोच्छ कि सोच्दैन भन्ने पनि सोच्नु पर्ने हुन्छ ।

सुधिर भद्र
२०६९ वैशाख २८

विश्वका मजदुर एक, दुई, तीन .....हौ


विश्वका मजदुर एक हौ, श्रमिकहरुको हक हित जिन्दावाद, सामन्ती र पूजीपति वर्ग मुर्दावाद जस्तै धेरै नाराहरु श्रमिकहरुको महान चाड श्रमिक दिवशमा बजार र चोक चोकमा घन्किएको थियो । अमेरीकामा धेरै वर्ष पहिले मजदुुरहरुको श्रमको उचित मुल्य र मान्यताको माग गर्दै एउटा आन्दोलन चर्किएको थियो । यो आन्दोलनले पूंजीपतिवर्गहरुले श्रमिक वर्गहरुलाई गर्दै आएको शोषण र अत्याचारलाई अन्त गर्दै दैनिक ८ घण्टा कार्य गर्ने नियम प्रतिपादन गरे । आठ घण्टा भन्दा बढी कार्य गर्नु परेमा सोही अनुुुसारको अतिरिक्त समयको ज्याला भुक्तान गर्नु पर्ने नियम बसालियो ।

यसै नियमलाई अन्तराष्ट्रिय मापदण्डको रुपमा लिंदै समय अनुसार र बिभिन्न राष्ट्रको आ—आफ्नो नीति नियम तर्जुमा गरी सोही अनुसार कार्यान्वयन गर्दै आएको छ । नेपालको सन्दर्भमा २०४६ साल भन्दा अगाडीको अवस्थामा मजदूरहरुले खुलेर आफ्नो हक हितकोलागि लडन् सक्ने अवस्था थिएन । लुकिछिपी संगठनिक रुपमा क्रियाकलापहरु संचालन गर्नु पर्ने बाध्यता थियो  । तर २०४६ साल पछि सबैले सबै क्षेत्रबाट आ—आफ्नो हक हितकोलागि आवाज उठाईरहेको अवस्थामा मजदूरहरुको हकहितकोलागि पनि आवाज नउठने कुरा नै भएन ।

मजदुरहरुको आवाजहरुको सम्बोधन गर्दै श्रमिकहरुको हकहितकोलागि तत्कालिन श्री ५ को सरकारले २०४८ सालमा श्रम ऐन लागू गरेपछि केहि हदसम्म् मजदूरहरुको हक हित सुनिश्चित भएको थियो । यसकोलागि बिभिन्न दलसंग आवद्ध भएका श्रमिक संघसंस्थाहरुको सामूहितस जोडलाई सम्मान नै गर्नु पर्ने हुन्छ । २०४६ सालको बहुदलिय व्यवस्था पश्चात केहि वर्षसम्म मे १ का दिन मनाउदै आएको मजदर दिवश विश्वका मजदुर एक हौ भन्ने नाराका साथ सबै दलहरुले सामुहिक रुपमा मनाउदै आएको देखिएको थियो । तर त्यसले लामो समयसम्म निरन्तरता पाउन सकेन । बिभिन्न दलसंग आवद्धित मजदुर संगठनहरु माउ पार्टिको निर्देशन तथा आ—आफ्नो निहित स्वार्थका कारण छुट्टा छुट्टै रुपमा सामुहिक हितकोलागि संघर्ष गर्न थाले जुन त्यति उपलविध्मुलक हुन सकेन । समयकालसंगसंगै मजदुर दिवशले आ—आफ्नै तरिकाले निरन्तरता पाउंदै गयो ।

२०६३ सालको परिवर्तन पछि पुनः एकपट सबै मजदुर संगठनहरुले सामुहिक रुपमा मजदुर दिवश मनाउने जमर्को कसे । एउटै मञ्चबाट बिभिन्न दलका मजदुर नेताहरुले मजदुरहरुको हक हितको आवाज उठाउन थाले । पूजीपतिहरु फेरी एकपटक मजदूरहरु एक जुट हुने भए कि भनेर झस्कन थालेका थिए । अव फेरी मजदुरहरु सामुहिक सौदावाजी ९अयििभअतष्खभ द्यबचनबलष्लन० मा प्रखर भएर आउने हुन कि भन्ने लागेको थियो । तर पांच वर्ष पुग्दा नपुग्दै यसको निरन्तरतामा फेरी पूर्णविराम लाग्यो ।

फरक धारको राजनैतिक दलको मात्र नभएर एउटै दलका मजदुर संगठनहरु पनि छुट्टा छुट्टै किसिमले मजदुरको हक हित भनेर केहि मानिसहरुको झुण्ड जम्मा गरेर विश्वका मजदुर एक हौ भन्ने नाराको सार्थकताको बारेमा बोलिरहदा साचो मजदुर नेताको मन कति खुशी होला । मजदुर क्रान्तिकालागि उठेका हातहरुको योगदान र त्यसैको भरमा राजनीतिमा आफ्नो छवि बनाई टिकेकाहरुले अव सोच्ने बेला आएको छ । यस्तो संस्कार अनि एउटै वर्गको हितकोलागि फरक फरक संघर्षले के उपलव्धि देला । अब मजदुरहरुले विश्वका मजदुर एक हौ भन्ने नारा भन्न अलि नसुहाएको जस्तो भएको छ । क्रान्तिकारीहरु अति क्रान्तिकारी देखाउन जायज नजायज माग सम्पूर्ण पुरा हुनु पर्छ भन्ने अनि अन्य मुलधारका मजदुर संगठनहरु पनि राम्रो नराम्रो छुट्टयाउन नसके पछि कसरी सम्पूर्ण मजदुरको हित हुन्छ होला । अवका मे दिवशमा विश्वका मजदुर एक हो होईन दुई हौ, तिन चार..... हौ भन्ने नारा राख्दा उपयुक्त होला कि ।

सुधिर भद्र
२०६९ वैशाख २८

Sunday, April 22, 2012

लुम्बिनीमा हराएको बुद्ध


वर्षै पिच्छे आउने बुद्ध जयन्ति फेरी आउदैछ । देश विदेशका गुम्वाहरु फेरी सिगारीने छ । बुद्धको जन्मथलो लुम्बिनीको नाम फेरी एकपटक सबैले गुनगुनाउने छ । २५५६ औ बुद्ध जयन्ती हाम्रो लगि विशेष हुनु स्वभाविक नै हो । हाम्रै मुलुकमा जन्मेको ठिटो घर परिवार, माया मोह देखि विरक्तिएर शान्ति खोज्दै लामो तपश्या गरे पश्चात बुद्धत्व प्राप्त गरे । देश विदेशमा बौद्ध दर्शन र शान्तिको सन्देश दिन सफल भए । हजारौ लाखौ अनुयायीहरु बनाउन सफल भए । उसबेलमा नै फैलाएको दर्शनको भरमा विश्व भरी बुद्ध दर्शनका अनुयायीहरु फैलिएका छन । नेपालले उनलाई राष्ट्रिय विभुतिको मान्यता दिनु बाहेक बौद्ध दर्शनको प्रचार प्रसारमा केहि गर्न सकेको जस्तो लाग्दैन ।

लुम्बिनी पर्यटन वर्ष २०१२ भनेर खुवै प्रचार प्रसार गरे यसै भ्रमणको सिलसिलामा जव लुम्बिनी पुगेर आईन्छ त्यसपछि पयर्टन वर्षको नाम अनि त्यसको कार्यान्वयनमा देखिएको सिथिलता देख्दा हा“सो उठछ । दिर्घकालीन योजनाहरु बनाईएका छन तर त्यसको कार्यान्वयनमा तदारुकता छैन । ठूलो क्ष्ँेत्रमा फैलिएको बुद्धको जन्मथलो लुम्बिनी क्षेत्र बाहिर बनाईएको बसपार्कबाट भित्र छिर्ने बित्तिकै बुद्धको घरमा पुग्दा पाउने आन्नदको प्रत्याभुत गर्न सकिदैन । घुलाम्य सडक, रिक्साको सेण्डिकेड अनि व्यवसायीक नदेखिएका विकास कोषका कर्मचारीहरु यी तिनै थोकको संयोगले लुम्बिनिको भ्रमणलाई नरमाईलो बनाउन ठूलो सहयोग गर्दछ ।

बसपार्कबाट करीव आधा घण्टाको पैदल यात्रा गरेपछि मायादेवीको मन्दिर पुगीन्छ । दिर्धकालिन कार्ययोजना अन्तर्गत होला सायद नौका विहार गरेर लुम्बिनी भ्रमण गर्नकोलागि ठूला नहर हरु तयार परीएको छ । अप्रयाप्त पानीको श्रोत र पूर्वनिर्धारीत योजनाको अनिश्चितताले गर्दा बनाईएका नहरहरु पनि पुराना हुन थालिसकेका
छन्  । गेटबाट भित्र पस्ने बित्तिकै पहेलो रंगमा सजिएका रिक्साका चालकहरु टुटेफुटेका नेपाली र गोराहरु भेटे अंग्रेजीमा ४ सय रुपैयामा भ्रमण भन्दै हल्ला गर्न आईपुग्छन । मायादेवी मन्दिर, आशोक चैत्य, चीन, अष्ट्रेलिया, श्रीलंका, म्यानमार र नेपाल लगायतकाले बनाएका बिभिन्न प्रकारका मनमोहक गुम्बा वा चैत्यहरु गरी करीव एक घण्टाको भ्रमणको खर्च ४ सय लाग्दो रहेछ ।

रिक्सा नचढ्ने पैदल नै जाने यात्रुहरुको लागि चर्को घाममा  खुट्टाले उडाएको घुलो घुडासम्म पु¥याएर हिडनु पर्छ । त्यसका साथै आधा घण्टासम्म प्यास लागे पानी खान पाईन्न भन्ने कुरामा पहिल्यै नै सुनिश्चित हुनु पर्दछ । सायद विकास कोषले पैदल हिडनेहरुलाई तिर्खा लाग्दैन होला भन्ने सोचका छन् जस्तो छ । भारतीयहरुले साना भन्दा साना तिर्थ स्थलमा गरेको पानीको बन्दोबस्तबाट विकास समिति र त्यसका सरोकारवालाहरुले केहि सिक्नु पर्ने जस्तो देखिन्छ ।

मायादेवीको मन्दिरमा विगतसम्म फोटो खिच्न दिने चलन थियो तर हाल आएर बन्द गरिएको रहेछ । त्यसको सूचना सबैले देख्ने ठा“उमा ठूला ठूला अक्षरमा राखिदिएको भए  राम्रो हुन्थ्यो । ड्यूटीमा बसेका प्रहरीहरुले मिनेटै पिच्छै फोटो नखिच्नुस भनिरहनु पर्दैन थियो होला । मायादेवी मन्दिरमा बुद्धको जन्म, बुद्धत्व प्राप्ती र अन्य सो संग सम्बन्धित कुराहरुको सूचनामुलक फोटो वा सन्देशहरु राखिदिएको भए अझ राम्रो हुन्थ्यो होला । धेरै देशले बनाएको बौद्ध गुम्वाहरु त भेटियो तर त्यसको जानकारी दिन सकिने आधिकारीक मानिसहरु देखिएन । सबै ठा“उमा चप्पल फुकालेर जानु पर्ने थियो तर चप्पलको जिम्मा आफैल लिनु पर्ने थियो । मानिसहरुको धेरै  भिडभाड हुने भएकोले चप्पल हराउन सक्ने ठूलो सम्भावना थियो । चप्पलको भिडभाड र चप्पल हराउनेहरुको कोलाहल सुन्दा हैदरावादको विरला टेम्पलमा मोबाईल र चप्पलको निशुल्क क्याविन उपलव्ध गराउने व्यवस्थाको बारेमा सम्बन्धित निकायलाई जानकारी दिलाउन मन लागेको थियो ।

विश्वमा नै गर्व लाग्ने ठा“उ र विश्व सम्पदा सूचिमा परेको लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटककोलागि अलि ध्यान पु¥यान नसकेको हो की जस्तो देखिन्छ । बिभिन्न मन्दिर बाहिर बेचिने फोहर खानेकुरा, अव्यवस्थित बजारले गर्दा विश्वमा नै प्रशिद्ध लुम्बिनीको साखमा कमि ल्यान सक्ने सम्भावना देखिन्छ ।

मायादेवि मन्दिर अगाडी देखिएको अर्को कुरा भिक्षा माग्नकोलागि मात्र पनि बुद्धको अनुयायीहरुको रातो पहिरन लगाएर बसेका केहि समूहहरु देखियो । यसले बुद्धको अनुयायीहरुको सन्देश तमाम विश्वमा कस्तो जान्छ त्यस बारेमा सोच्नु पर्छ होला । हुनत लुम्बिनी विकास कोषले लुम्बिनीको विकास विस्तारकोलागि बुहत बगैचा, गुम्बा क्ष्ँेत्र र नया“ लुम्बनी ग्रामका साथ साथै बुद्ध धर्म सम्वन्धी अध्ययन केन्द्र बनाउने सोच बोको छ क्यारे तर यस्ता स सना कुराहरुका पनि ध्यान दिन पाए अझ राम्रो हुने थियो होला ।

यहिले लुम्बिनी पर्यटन वर्ष २०१२ भव्य रुपमा मनाउने कसरत भईरहेको छ । भैरहवामा ठूलो लुम्बिनी गेट बनाएर मात्र भ्रमण वर्षको उद्देश्य सफल हु“दैन । त्यसकोलागि स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लुम्बिनी भ्रमणमा आउन अझ कसरी आकर्षित गर्न सकिन्छ, लुम्बिनी र बुद्धको बारेमा संग्रालयमा राखिएका सूचनाहरु अझ सबैले सबै ठाउ“मा राख्दा राम्रो हुन्छ । अन्यथा लुम्बिनी पुग्दा कुनै स—सानो पार्क घुम्न गए जस्तो मात्र भएको अनुभव हुन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्ष्ँेत्रमा प्रख्यात बुद्धको गा“उमा पुग्दा कुनै उत्साह र उमगं आउन सकेन, लुम्बिनीमा बुद्ध नै हराएको जस्तो भएको छ ।


सुधिर भद्र
२०६९ बैशाख १० गते

Tuesday, February 28, 2012

दिल्लीमा भेटिएको ठिटो

राम्रोसंग पुछ फोहर देखियो भने गाली खालास !! २४ घण्टे वातानुकुलित रेलयात्रा र एक घण्टे टोयटा ईनोभाको यात्रामा गलेकोजिउले आफनो लगेज उठाउ“दै दिल्लीको कृष्णसागर होटलमा भित्र पस्न खोज्दा ठोक्किएको यो सम्वादले हामीलाई झसंग बनयो । हामीले होटलमा काम गर्ने नेपालीहरु हुन्छन भन्ने कल्पना पनि गरेका थिएनौ । नेपाली अनुहार देखेपछि उनीहरु  अल्मल्एिर अलि अलि लाज र अलि अलि खुशी मिश्रीत अनुहार बनाउदै हाम्रो लगेज उठाउन आईपुगे । होटल व्यवस्थापनले नेपाली पाहुनाहरु आएका छन् भन्ने थाहा पाएर हामीबसेको रुम सर्भिसकोलागि नेपाली कामदारहरु खटाएका थिए ।

अर्धाखाचीका दीपक दाहाल, गुल्मीका कृष्ण ढुड्डाना लगायत करिव एक दर्जन कामदारहरुले होटलमा जागिरेको रुपमा थिए, उनीहरुले अन्य धेरै जसो होटलमा नेपालीहरु रहेको हामीलाई जानकारी गराउ“दै थिए । नेपाली पाहुनाहरुको स्वागत गर्न पाउ“दा शुरुमा देखिएको लाज हटेपछि उनीहरु निकै सक्रिय थिए ।

बेलायतमा विगत १० वर्ष देखि बसोवास गर्दै आएका एनआरएन मित्र रोशन क्षेत्रीको दिल्लीमा किट विशेषज्ञमा विद्यावारीधि गरेकी नेपाली मुलका भारतीय दुलही मोनिका क्ष्ँेत्रीको विहेमा हामी सहभागी हु“दै थियौ । कार्यालयको चारदिने भ्रमण विदाको उपयोग गर्दै रक्सौलबाट विहान ९ वजे सत्याग्रह एक्सप्रेसबाट हाम्रो दिल्ली यात्रा शुरु भएको थियो । दिल्लीसंग सीमा जोडिएको शहर गाजीयावादसम्म हाम्रो यात्रा थियो ।  हामी चढेको रेल सुपरफास्ट भएकोले एक्सप्रेस रेलहरुलाई बाटो छोड्दै विस्तारै विस्तारै सुगौली, बेतिया, मुरादावाद, गोरखपुर हु“दै २४ घण्टामा गाजियावाद पु¥याएको थियो ।

हामी बसेको डिब्बामा आधासरो नेपालीहरु थिए भने आधा जति नेपालमा व्यसाय गरी रहेका र नेपालको बारेमा जानकारी राख्ने भारतीयहरु थिए । उनीहरु नेपालको बारेमा आफूले पाएको जानकारी र जिज्ञाशाहरु हामीलाई सुनाउन खुशी मान्दै थिए । बेच्न ल्याउने खानेकुराहरु र स्टेशन पिछेको खाजाको परिकारले नेपाली दालभातको न्याश्रो मेटाउन सकेको थिएन । लागुपदार्थको दुव्र्यसनी जस्तो हामीलाई भातको नशाको कारण शरिरमा एक किसिमको फूर्ति आउन सकेको थिएन ।

गाजियावादको स्टेशनको दुई चोक मध्ये घण्टाघर चोकमा आउने कुरा दुरभाषबाट टोयटा ईनोभोका चालक दीपकसंग भयो, उनलाई भेटेपछि हाम्रो यात्रा होटलतिर मोडियो । केहि बेर आराम गरेपछि हाम्रो दिल्ली घुम्ने कार्यक्रम तय भयो । दील्लीको बारेमा राम्रो जानकार भएका कपडा व्यवसायी अजय अग्रवाल पनि हामीसंगै भएकोले हामीलाई सजिलो भएको  थियो । गाजीयावादबाट दिल्ली पुग्नकोलागि अत्याधिक गतिमा विजुलीबाट चल्ने प्रख्यात मेट्रो ट्रेन चढन बैशाली जाने निधो गरियो । टेम्पोवालासंग लामो बार्गेनिड्डपछि १ सय पचासमा पा“चसवारी बैसाली लान सहमत भयो ।

हाम्रो केवलकारको जस्तै सम्झना दिलाउने मेट्रो स्टेशनमा सुरक्षा सतर्कता निकै चुस्त थियो । सर सफाई र व्यवस्थापन पनि तारिफ योग्य थियो । पा“च पा“च मिनेटमा आउने स्टेशन अनि स्वचालित खुल्ने ढोका र दिईने जानकारीले हामीलाई युरोपको यात्रा जस्तो लाग्थ्यो भने बिस्तारै भिड बढेर खुट्टा टेक्ने ठा“उ नहु“दा रत्नपार्क नागढुड्डाको बसको सम्झना दिलाउथ्यो । स्टेशनमा पार्किड्ड गरिएर राखिएको हजारौ मोटरसाईकल र वरीपरीको बिसाल भवन संरचनाले विकासको फड्को सजिलै आकलन गर्न सकिन्थ्यो । सरसफाई र संरचनाको आकर्षणको कारण ईन्जिनियर मित्र नविनले फोटो झिकेर क्यामरामा मेरो फोटो कैद गर्न मात्र के भ्याएका थिए, त्यहाका एक कर्मचारीले फोटो खिच्न नहुने र खिचेमा २ सय जरिवाना लाग्ने जानकारी गराएपछि हाम्रो फोटोशेसनको कार्यक्रम स्थगित गरियो ।

राजीव चौकमा ओर्लेर पुनः अर्को मेट्रो लिएर चादनी चोक पुगेपछि हाम्रो किनमेल शुरु भयो । पुराना भवन र असिमित गल्लिले असन र ईन्द्रचोकका गल्लिहरुको सम्झना दिलाएको थियो । कपडा, खाद्यान्न र अन्य विविध विषयमा खरिद गर्नकोलागि आउने मानिसको निकै भिडभाड थियो । हल्का फुल्का सामान खरिदपश्चात नजिकै रहेको लालकिल्लामा गएर मेट्रोमा गर्न नपाएको फोटोशेसनको रिस फेर्दै लामो समयसम्म फोटो शेसन गरियो ।

भोलिपल्ट दुलही पक्षको निम्तो आए पछि हामी जन्ति जान तयार भयौ । नेपाली र भारतीय परम्पराको मिश्रित रुपमा वैदिक परम्परा अनुसार विहे गर्ने पारीवारीक सहमति अनुसार दुलाहा तयार भए । क्ष्ँेत्री परिवारको विहे भएको हुनाले दुलाहको हातमा तरवार अनि घोडा सवार भई हिडेको हाम्रो जन्ति निकै आकर्षक थियो । बत्ति र पटका अनि संगीतमा नाच्दै गा“उदै हिडको हाम्रो जन्ति दुलही भएको पार्टि प्यालेसमा पुग्दा निकै तामझाम सहित स्वागत गरिएको थियो । मनमोहक ढंगले सजाईएको पार्टी प्यालेसमा भारतीय परम्परा अनुसार दुलाह दुलहीले विहेमा लगाउने लामो माला र नेपाली परम्परा अनुसार दुबोको माला  एक आपसमा लगाई विहेको शुरुवात गरियो । माला साटासाट पश्चात करिव दुई तिन घण्टा परिवारका सदस्य र साथीभाईहरुसंग दुलाहा र दुलहीको फोटोशेसनको कार्यक्रम चल्यो तत्पश्चात अग्नीलाई साक्षी राखि सातफेरा घुमेपछि विवाहको कार्यक्रम समापन भयो ।

सजिसजावट गरिएको पार्टी प्यालेस चाट, पाउ भाजी, ईडली, डोसा, रोटी, पराठा लगायत नब्बे किसिमका परिकारहरुले सजिएको थियो तर विहेमा माछामासु खान बानी परको जिब्रो चनाखो भएर त्यसैको स्वाद खोज्दै थियो । रातभरीको बैवाहिक कार्यक्रम पश्चात विहान ५ वजे हामी बेहुली लिएर अन्मियौ ।

बैकाहिक कार्यक्रम सकिएपछि हामी घर फर्कने हल्ला थाहा पाएपछि गुल्मीका ढुड्डाना भाई रुम सर्भिस भन्दै ढोका ढक ढकाउन हाम्रो कोठामा आईपुगे । उनको अनुहारमा परदेशमा भेटिएका नेपाली दाजुभाई छुट्टिनुपर्दाको उदासी थियो । उनको आ“खाले तीन महिना अगाडी मात्र विहे भएको उनको अर्धाग्नीलाई सन्देश पठाउन खोजीरहेको थियो । बावु आमालाई खर्च पठाउने ईच्छा उनको मनमा छछल्किएको थियो । सारा कुरा उनको अनुहारले बताईरहेको भएतापनि यी सबैलाई मनभित्रै राख्दै हाम्रो व्याग बोकेर गाडीमा हाल्दिए अनि आफन्त सम्झेर राम्रोसंग जानुस है सर भनेर औपचारीकता निभाए ।


सुधिर भद्र
२०६८ फागनु १५ गते